२३ असार २०८१ आइतबार
image/svg+xml
समाज

सरकारी मोटरसाइकल चोरीको आरोपमा तिन पक्राउ

सरकारी मोटरसाइकल चोरीमा संलग्न रहेको आशंकामा प्रहरीले तिन जनालाई नियन्त्रणमा लिएको छ।रौतहटको फतुवा विजयपुर नगरपालिकाको नाममा रहेको सरकारी नम्बरको मोटरसाइकल चोरी गरेको आरोपमा रौतहट प्रहरीले तिन जनालाई पक्राउ गरेको हो।

गत असोज २९ गते दिउँसो रौतहटको गौर नगरपालिका १ कृष्ण मन्दिर नजिक राज प्रिन्टिङ प्रेसको अगाडिबाट फतुवा विजयपुर नगपालिकाको कार्यालयको नाममा दर्ता रहेको ना. १ ब ३७९० नं. को निलो र कालो रंगको बजाज कम्पनीको १५० सिसिको पल्सर मोटरसाइकल पार्किङ्ग गरी राखेको अवस्थामा चोरी भएको थियो।

उक्त मोटरसाइकल खोजतलास गर्ने क्रममा गत कार्तिक १४ गते गौर नगरपालिका ५ मा ३ जना व्यक्तिहरुलाई नियन्त्रणमा लिई प्रहरीले मोटरसाइकलको सम्बन्धमा सोधपुछ गर्दा फतुवा विजयपुर नगपालिकाको कार्यालयको नाममा दर्ता रहेको ना. १ ब ३७९० नम्बरको सरकारी नम्बर परिवर्तन गरी BR30 Q 4868  भारतीय नम्बर प्लेटको मोटरसाइकल बनाएर चढेको पाइएको थियो।

चोरी भएको मोटरसाइकलको नम्बर प्लेट परिवर्तन गरी चढेका तिनै जनालाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक कारबाही अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी दामोदर केसीले जानकारी गराएका छन्।

प्रकाशित: १७ कार्तिक २०८० १३:२३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App