९ पुस २०८२ बुधबार
image/svg+xml
अर्थ

बागमतीमा राजस्व सङ्कलन लक्ष्यभन्दा कम

बागमती प्रदेशमा लक्ष्यअनुसार राजस्व सङ्कलन हुन नसकेको कर्मचारीले बताएका छन्। घरजग्गा र नयाँ सवारीसाधनको खरिदबिक्रीमा कमी आएकाले राजस्व सङ्कलन प्रभावित भएको हो।

घरजग्गा रजिस्ट्रेसन र सवारी कर प्रदेश सरकारको मुख्य आयस्रोत हुन्। आर्थिक वर्ष २०८१/८२ मा यी दुवैबाट २९ अर्ब ५५ करोड ८९ लाख राजस्व सङ्कलन गर्ने लक्ष्य राखिएको थियो। तर, नौ महिनामा १६ अर्ब ७४ करोड २० लाख ८६ हजार मात्र सङ्कलन भएको छ।

बागमती प्रदेश सरकारको आन्तरिक मामिला तथा योजना विकास मन्त्रालयका सूचना अधिकारी इन्द्रराज सञ्ज्यालका अनुसार, घरजग्गा रजिस्ट्रेसनबाट ७ अर्ब ७० करोड राजस्व सङ्कलन गर्ने लक्ष्य थियो। तर, नौ महिनामा ३ अर्ब ३९ करोड ७१ लाख ७० हजार मात्र सङ्कलन भएको छ।
त्यस्तै, सवारीसाधन जाँचपास, ‘रुट परमिट’, सवारीचालक अनुमतिपत्र जारी र नवीकरणबाट ७ अर्ब ५० करोड राजस्व सङ्कलन गर्ने लक्ष्य थियो। तर, नौ महिनामा ४ अर्ब ९३ करोड ५४ लाख ८९ हजार मात्र सङ्कलन भएको छ।

मूल्य अभिवृद्धि कर (भ्याट) बापत ८ अर्ब ६१ करोड ८५ लाख सङ्कलन गर्ने अनुमान थियो। तर, ५ अर्ब ६४ करोड ८१ लाख मात्र प्राप्त भएको छ। यस्तै, अन्तःशुल्क करबाट ३ अर्ब ६९ करोड ३६ लाख सङ्कलन गर्ने लक्ष्य राखिएकोमा १ अर्ब ९२ करोड ४१ लाख २१ हजार मात्र उठेको छ। रासस

प्रकाशित: १० वैशाख २०८२ १०:०२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App