२८ पुस २०८१ आइतबार
image/svg+xml

कांग्रेस सरकारले राम्रो काम गर्दा पनि एमालेले साथ दिएनः सांसद देव

'यो युगान्तकारी, ऐतिहासिक कामहरु सरकारले गरेको छ। यसबारेमा प्रमुख प्रतिपक्षका साथीहरुले के भन्नु हुन्छ? यो पनि ठिक गरेन? यो कस्तो खालको संस्कार हामीले विकास गरिराखेका छौं? जबकी पार्लियामेन्ट्री डेमोक्रेसीमा प्रतिक्ष भनेको रचनात्मक प्रतिपक्षको भूमिका हुन्छ। र, हुनुपर्छ।'

राष्ट्रपतिदेखि सभामुखसम्मका पद पनि बाँड्न प्रस्ताव

नेकपा एसका सम्मानित नेता झलनाथ खनालले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर संघीय संसद् र प्रदेशसभाको सिट मात्र नभई निर्वाचनपछि गठन हुने सरकार, राष्ट्रपति, संघीय संसद्को सभामुखलगायत पद अहिले नै बाँडफाँट गरेर जानुपर्ने प्रस्ताव गरेका हुन्।

सिट बाँडफाँट कार्यदल संयोजकमा सिटौला

सत्तारूढ पाँच दलीय गठबन्धनले मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा चुनावी तालमेलको गृहकार्य सुरु गरेको छ।

खेलाडीलाई पनि पेन्सन दिने व्यवस्था मिलाउनुपर्छ: सांसद गुरुङ

उनले सबै उमेर समूहका नागरिकका लागि खेल खेल्नका लागि आवश्यक व्यवस्था मिलाउन पनि सरकारको गम्भिर ध्यानाकर्षण गराइन्। खेलकुद क्षेत्रको विकासले मुलुकको विकास र समृद्धि समेत हुने तथा नागरिकहरु पनि स्वस्थ हुने भएकाले त्यस क्षेत्रको विकासमा सरकारले विशेष ध्यान दिनुपर्ने उनको भनाइ थियो।

सिट बाँडफाँटको आधार प्राप्त मत र लोकप्रियता

सत्तारूढ पाँच दलीय गठबन्धनले मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा चुनावी तालमेल गरेर जाने निर्णय गरेको छ।

सत्ता गठबन्धनको बैठक चल्दै

अहिले सत्ता गठबन्धनको बैठक बसिरहेको छ। सरकारले प्रतिनिधि सभा र प्रदेश सभा चुनावको मिति हिजो घोषणा गरेपछि आज गठबन्धनको बैठक केहीबेर अघिदेखि बसेको हो।

मंसिर ४ गते एकै चरणमा चुनावः समृद्धिको जनचाहना अधुरै, अस्थिरतामै बित्यो पाँच वर्ष

२०७४ सालको निर्वाचनसँगै मुलुकमा राजनीतिक अस्थिरता अन्त्य भई देश आर्थिक विकास र समृद्धिको बाटोमा अघि बढ्ने आम बुझाइ थियो। तर झन्डै दुईतिहाइ बहुमत ल्याएर सरकार बनाएको तत्कालीन नेकपामा उत्पन्न आन्तरिक विवादको मार जनताको सर्वोच्च निकाय प्रतिनिधिसभामा पर्दा मुलुक सरकार गठन र विघटनको दुष्चक्रमा फस्न पुग्यो।

मंसिर ४ मा निर्वाचन गराउन गठबन्धनको सुझाव

सत्तारुढ पाँचदलीय गठबन्धनले प्रदेश र प्रतिनिधिसभा निर्वाचन मंसिर ४ गते गर्न सरकारलाई सुझाएको छ।

अकासिँदो महँगीले भ्रष्टाचार मौलायो

प्रतिनिधिसभाको मंगलबारको बैठकमा सत्तारुढ दलका सांसदले पेट्रोलिय पदार्थको मूल्य दुईपटक घटेर आए पनि सरकारले समायोजन नगरेको भन्दै आलोचना गरेका छन्।

अब गठबन्धनको डम्फू बजाएर बस्न सकिँदैनः माधव नेपाल

‘अहिले तपाईहरुलाई थाहा छ–हामीले स्थानीय तह निर्वाचनमा भाग लियौं। अब मंसीर महिनामा चुनाव आउँदैछ। सम्भवत मंसीर महिनाको पहिलो हप्तामा चुनावको घोषणा हुनेछ। अब कति दिन कति हामीले गठबन्धनको डम्फू बजाएर बस्ने? अब डम्फू बजाउने होइन। अब यो पार्टीलाई बलियो बनाउने डम्फु बजाउने। यो पार्टीलाई सुदृढ बनाउने कुरा गर्ने हो।’

संसदीय छानबिनमा गठबन्धनको छाया

बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई प्रवेश गराई करको दर हेरफेर गरेको आरोप लागेपछि राजीनामा दिएका अर्थमन्त्री जनार्दन शर्मालाई जोगाउन प्रधानमन्त्रीसहित पाँचदलीय सत्ता गठबन्धनका नेता लागिपरेका छन्।

ओली नेतृत्वको सरकार हटाउन विदेशीको साथ: उपेन्द्र यादव

केपी ओली नेतृत्वको अघिल्लो सरकारलाई हटाउने काममा विदेशीको साथ रहेको बताएका छन्। पूर्वउपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री समेत रहेका अध्यक्ष यादवले भूराजनीतिक प्रभावकै कारण ओली प्रधानमन्त्रीबाट पूर्वप्रधानमन्त्री बनेको खुलासा गरेका हुन्।

बालुवाटारमा गठबन्धनको बैठक चल्दै

बैठकमा प्रधानमन्त्री एंव नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल सहभागी छन्।

राज्य उपेक्षित हिंसा पीडित महिला

पितृसत्तात्मक समाजले महिला तथा छोरीहरूलाई आफूमाथि हुने गरेका हिंसा तथा बलात्कारीका विरुद्धमा बुलन्द आवाज उठाउन कहिल्यै सिकाएन, बरु समाजमा इज्जत र प्रतिष्ठाको भूत देखाएर जहिल्यै यौनजन्य घटना लुकाउन बल गरिरह्यो। छोरीको इज्जत पानीको फोका हो, फुटेपछि सकियो भन्ने भ्रम दिमागमा छर्ने काम निरन्तर थियो र छ।

निर्वाचनको मुखमा कांग्रेसमा किचकिच

सरकारले प्रतिनिधि र प्रदेशसभा निर्वाचनको मिति तोक्ने तयारी गरिरहेका बेला सत्तारुढ नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद थप चुलिन पुगेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्