७ वैशाख २०८१ शुक्रबार
राजनीति

बालुवाटारमा गठबन्धनको बैठक चल्दै

सत्य निरुपण तथा मेलमिलाप आयोगको म्याद सकिन लाग्दै गर्दा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक चलिरहेको छ। म्याद थप गर्ने वा नगर्नेबारे छलफल गर्न बैठक बसेको हो।

बैठकमा प्रधानमन्त्री एंव नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल सहभागी छन्।

पार्टीको बैठकका लागि जसपा अध्यक्ष उपेन्द्र यादव भने वीरगञ्जमा रहेकाले उनी उपस्थित छैनन्। गठबन्धनको बैठक लगत्तै मन्त्रिपरिषद बैठक बस्ने तयारी पनि छ।

प्रकाशित: ३१ असार २०७९ ०५:३२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App