भ्रष्टाचारी र घुसखोरलाई कारवाही गरेर सरकारलाई नै सहयोग गरेका छौं : विप्लव समूह
स्थानीय प्रशासनले जाजरकोटमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपालाई कुनै पनि कार्यक्रम गर्न नपाउने गरी प्रतिबन्ध लगाएको छ। गृह मन्त्रालयको सर्कुलर अनुसार मंगलवार बसेको जिल्ला सुरक्षा समितिको बैठकले विप्लव नेतृत्वको नेकपालाई जिल्लाको कुनै पनि भुभागमा कुनै पनि गतिविधि र कार्यक्रम गर्न नदिने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले बताए।