१ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अमेरिकामा माउन्ट एभरेष्ट नामका दुई सडक

न्युयोर्क, अमेरिका - अमेरिकाको न्यूयोर्क राज्य सरकारले दुई सडकको नाम माउन्ट एभरेस्ट नामकरण गरेको छ। नेपाल र नेपालीहरुको सम्मानार्थ कुइन्सस्थित ज्याक्सन हाइटको बाटोलाई ‘माउन्ट एभरेस्ट वे’ नामकरण गरेको हो। यसअघि क्यालिफोर्नियाको सान जोसेस्थित माउन्ट एभरेस्ट डिआर नामकरण गरिसकिएको छ।

न्यूयोर्क राज्य सरकारले एक कार्यक्रमको आयोजना गरी नेपालीको बाक्लो बस्ती रहेको ज्याक्सन हाइटस्थित ७५ स्ट्रिटको २५ देखि ३१ एभिन्युसम्मको बाटोलाई माउन्ट एभरेस्ट वे नामकरण गरेको हो। नामकरण कार्यक्रममा नेपालका लागि अमेरिकी राजदूत डा. अर्जुन कार्की र काउन्सिल म्यान कोस्ट कोन्स्टीडिनेजले संयुक्त रुपमा उद्घाटन गरे।

राजदूत कार्कीले यस्ता कार्यक्रमले अमेरिकी सरकारद्वारा नेपालीको लागि दिइएको उच्च सम्मान झल्किएको बताए। माउन्ट एभरेस्ट वे लेखिएको सडक चिह्नको बोर्ड एनआरएन एनसिसी अमेरिका र न्युयोर्क च्याप्टरका अध्यक्ष रामहरि अधिकारीलाई हस्तान्तरण गरिएको थियो। एनआरएन न्यूर्योकका अध्यक्ष अधिकारीले आफ्नो समुदायको तर्फबाट लामो समयदेखि पहल गर्दै आएको आज आएर सफल भएकोमा खुसी व्यक्ति गरे।

नेपाल सरकारका वाणिज्य दूतावास र सिटी काउन्सीलको संयुक्त आयोजनामा भएको माउन्ट एभरेस्ट वे घोषणा तथा स्ट्रिट फेस्टिभल कार्यक्रममा अमेरिकाका लागि नेपाली राजदूत डा. अर्जुनकुमार कार्की, वाणिज्य दूतावास न्यूयोर्कका कार्यवाहक महावाणिज्यदूत पुष्प भट्टराई, वाणिज्यदूत कृसु क्षेत्री, अवैतनिक महावाणिज्यदुू ऋषि ढकाललगायत न्यूयोर्क तथा आसपासका क्षेत्रमा बसोबास गर्ने नेपालीको उपस्थिति थियो।

प्रकाशित: २८ फाल्गुन २०७५ ०४:४३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App