‘तारा होइन जूनै झारिदिउँला भन्ने कम्युनिस्ट सरकारको जोवन ठट्टैमा जान लाग्यो’
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेता एवं सांसद मीनेन्द्र रिजालले सरकारको एक वर्ष ठट्टामा वितेको टिप्पणी गरेका छन्। आइतवारको प्रतिनिधिसभाको बैठकमा बोल्दै रिजालले जनताको अभिमत ल्याएर के के न गर्छु भन्दै आएको सरकारको देख्ने आधार केही पनि नरहेको बताए।