११ पुस २०८२ शुक्रबार
image/svg+xml
मातृका दाहाल


मातृका दाहालका लेखहरु :

उत्थानशील सहरी विकास र समुदाय

कुनै पनि स्थानका बारेमा विभिन्न मानिस र समूहका विविध विचार हुने गर्दछन् र यी विविध विचारहरू एकआपसमा नामिल्दा सहरी विकासका क्षेत्रमा असमझदारी र द्वन्द्व सिर्जना भइरहेका छन्।

यसरी सफल भयो अभियन्ताको समूह

गत जुनमा कोलम्बोको समुद्री तटमा टेन्टले बनाएको क्याम्पमा केही दर्जन अभियन्ताले सरकारविरुद्ध कमजोर हुँदै गएको प्रदर्शनलाई कसरी सशक्त पार्ने भन्ने विषयमा छलफल सुरु गरेका थिए। एक क्याथोलिक पुजारी, डिजिटल रणनीतिका, नाटककार समेत सहभागी उक्त समूहले कल्पना नै नगरेको सफलता हासिल गरेको छ।

मंसिर २६ को त्यो दुई घन्टा

प्रधानमन्त्रीले प्रतिवेदन बुझेपछि बालुवाटारमा उनी, समितिका पदाधिकारी, गृहमन्त्री र गृहसचिवबीच करिब २ घन्टा छलफल भएको थियो।

काठमाडौं प्रशासनबाट नागरिकता फाइल जफत

सिआइबीको अनुसन्धान प्रतिवेदन बुझेपछि गृह मन्त्रालयले काठमाडौं प्रशासनबाट नागरिकता जारी गरिएका सबै फाइल नियन्त्रणमा लिएको हो।

ललितानिवास प्रकरणका आरोपितको शंकास्पद मृत्यु

बालुवाटारस्थित ललितानिवास र त्यसले चर्चेको करिव १ सय १४ रोपनी जग्गा हिनामिना प्रकरणका आरोपितको काठमाडौंमा शंकास्पद मृत्यु भएको छ। डिल्लीबजार मालपोत कार्यालयका तत्कालिन नायव सुब्बा समेत रहेका पर्वतको फलेबास नगरपालिका–६ देविस्थानका युक्तप्रसाद श्रेष्ठको आइतबार काठमाडौंको सामाखुसीस्थित सपिङसेन्टर हिमालय सिटीसेन्टरबाट खसेर मृत्यु भएको हो।

अठार सय ठेकेदारमाथि छानबिन

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आयोगमा परेका उजुरीका आधारमा पेस्की लिएर काम नथाल्ने निर्माण कम्पनी र ठेकेदार पहिचान गरेपछि गृह मन्त्रालय काम अलपत्र पार्ने निर्माण व्यवसायीमाथि कारबाही गर्न जुटेको हो।

चार सय ‘चन्दादाता’ को सूची जफत, अधिकतम दर २० लाख

प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी (विप्लव समूह) ले अधिकतम २० लाख रुपैयाँसम्म चन्दा असुल गर्न तयार पारेको गोप्य दस्तावेज प्रहरीले बरामद गरेको छ । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको सो समूहले राष्ट्रिय गौरवका आयोजना, ठूला, मझौला तथा साना उद्योग, चल्तीका शैक्षिक संस्था, विकास निर्माणसम्बन्धी अन्य आयोजनालगायतबाट चन्दा असुल गर्न तयार पारेको गोप्य सूची प्रहरीले बरामद गरेको हो ।

विप्लवका उपत्यका इन्चार्ज लामाको साथबाट चार सय जनाको चन्दा लिस्ट बरामद

प्रहरीले विप्लव नेतृत्वको नेकपामा नेता माइला लामाको साथबाट चार सय जनाको चन्दा लिस्ट बरामद गरेको छ। लामालाई आज विहान प्रहरीले काँडाघारीबाट पक्राउ गरेको थियो। उनी सहित रमेश तामाङ पनि पक्राउ परेका थिए।

जग्गा हडपे, कसुर अस्वीकार

सरकारले मुआब्जा दिएर अधिग्रहण गरेको बालुवाटारस्थित ललिता निवास र त्यसले चर्चेको करिब एक सय १४ रोपनी जग्गा अहिले भूमाफिया, व्यापारी, नेतादेखि ‘पहुँचवाला’ को नाममा गइसकेको छ। डिल्लीबजार मालपोत कार्यालयको अभिलेखअनुसार ललितानिवासको जग्गासम्बन्धी लालपुर्जा र सम्पूर्ण भोगाधिकार अहिले व्यक्तिका नाममा छ।

छिट्टै मुद्दा दायर : अख्तियार

अधिकतर आरोपितले कसुर स्वीकार्नुको सट्टा कानुनसम्मत नै ललितानिवासको जग्गा व्यक्तिका नाममा गएको जिकिर गरेका छन्। तल्लो तहका केही कर्मचारीले भने आफूलाई माथिबाट आदेश आएका कारण निर्णय गर्न बाध्य पारिएको बताएका छन्।

'मेराे निर्णयले नक्कली माेही खडा भएकाे हाेइन'

नेता नेपालले आफ्नो मन्त्रिपरिषद्ले गरेका निर्णयसहित पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको पालादेखि पछिल्लो समयसम्मका निर्णयमा छानबिन गर्न माग गरेका छन्।

राजधानीसँग सम्पर्क टुट्न नदिन ४ ठाउँमा एक्रोब्रिज

प्राकृतिक प्रकोपका कारण राजधानीसँग जोडिएका राजमार्गको सम्पर्क टुट्न नदिन नेपाली सेनाले ४ स्थानमा एक्रोब्रिज तयारी हालतमा राखेको छ। प्राकृतिक प्रकोपका कारण राजमार्ग अवरुद्ध भएर राजधानी आउँने मालवाहक तथा यात्रुवाहक सवारी तथा मानिसको ओहोरदोहोर टुट्न नदिन उच्च ४ स्थानमा एक्रोब्रिज उपलब्ध गराइएको सेनाले जनाएको छ।

निजी बाटोलाई सरकारी जग्गा र बजेट

भूमाफियाले हडपेको जग्गामा ‘प्लटिङको बाटो’ खोल्न सरकारले नै गृह मन्त्रालयअन्तर्गतको समरजंग कम्पनीका नाममा रहेको करिब दुई रोपनी जग्गासँगै बजेटसमेत दिएको पाइएको छ। भूमाफियाको सेटिङमा हडपिएको बालुवाटारस्थित ललितानिवास र त्यसले चर्चेको करिब १ सय १४ रोपनी जग्गा प्लटिङ गर्दा ८ मिटर चौडा र ५ सय ७० मिटर लामो निजी बाटो बनाउन सरकारले जग्गा र बजेट दिएको अनुसन्धानबाट खुलेको हो।

‘प्रधानमन्त्री र मुख्यसचिवको निर्देशन पालना गरेको हुँ’

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त तथा पूर्वसचिव दीप बस्न्यातले तत्कालीन प्रधानमन्त्री र मुख्यसचिवको निर्देशन तथा ‘प्रधानमन्त्री निवास विस्तार गुरुयोजना’ अनुसार सरकारी ललितानिवासको जग्गा सट्टाभर्ना दिएको बताएका छन्।

सर्वोच्चलाई अटेर गर्दा उपत्यकामा डुबान

भूमाफियाले हडपेको जग्गा फिर्तासम्बन्धी सर्वोच्च अदालतको आदेश र छानबिन समितिको प्रतिवेदन कार्यान्वयन नहुँदा राजधानीका नदी वरपर बर्सेनि बाढी र डुबानको सास्ती व्यहोर्नुपरेको छ। उपत्यकास्थित बाग्मताुमती, इच्छुमती (टुकुचा), धोवीखोला, मनोहरा, गोदावरीलगायत नदी तथा खोलाको प्राकृतिक बहाव नै छेकेर भूमाफियाले जमिन अतिक्रमण गर्दा वर्षायाममा नदी तथा खोला बस्तीमा पसेर ठूलो मात्रामा जनधनको क्षति हुने गरेको छ। उपत्यकाका अधिकतर नदी तथा खोला अतिक्रमणकै योजनाअनुसार करिडोरमा बाटो खुलाएर नदीलाई सीमित घेरामा कैद गरिएको छ। खोलाको प्राकृतिक बहाव छेकेर भूमाफियाको सेटिङमा नदीको धार साँघुरो बनाइएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्