शपथमा ‘प्रतिज्ञा गर्दै’ उल्लेख गरी विधेयक संसद्मा
सार्वजनिक पदमा नियुक्त निर्वाचित वा मनोनयन भएको व्यक्तिले यो ऐन प्रारम्भ हुनु अघि लिएको शपथ यस ऐन बमोजिम लिएको मानिने व्यवस्था गरिएको छ ।
सार्वजनिक पदमा नियुक्त निर्वाचित वा मनोनयन भएको व्यक्तिले यो ऐन प्रारम्भ हुनु अघि लिएको शपथ यस ऐन बमोजिम लिएको मानिने व्यवस्था गरिएको छ ।
तत्कालीन प्रधानमन्त्री ओलीका आर्थिक सल्लाहकार मोतिलाल दुगड सहित निजी क्षेत्रको दबाब र प्रभावमा परेर अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नुन कारोबार खुला गर्ने विषय बजेटमा समावेश गरेका थिए।
गोरखाको सहिद लखन गाउँपालिकाले ९ वटा ठेक्क रद्द गरेको छ । गाउँ कार्यपालिकाको बैठकले गत पुस ९ गते प्रकाशित ९ वटा सार्वजनिक निर्माण कार्यको बोलपत्र रद्द गर्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत जीवनबहादुर आलेले जानकारी दिए ।
प्रतिनिधि सभाको बैठक निरन्तर बस्न नसक्दा संसद्मा विचाराधीन विधेयक अघि बढ्न सकेका छैनन्। जेठ ३२ गते प्रतिनिधि सभाले बजेट पारित गरेपछि संसद् बैठक कम्तीमा चार दिन बिराएर मात्रै बस्दै आएको छ। असार ९ पछि भने असार १७ मा मात्रै बोलाइएको थियो। लामो समयपछि बसेको यो बैठक पनि सांसद ज्ञानकुमारी छन्त्यालको निधनप्रति शोक प्रस्ताव पारित गरी स्थगित भएको छ। अर्को बैठक असार २२ गते बोलाइएको छ।
विवादित जग्गाका बारेमा अनुसन्धान गर्दा प्रद्युम्नराज पाण्डेले जग्गा आफ्नो भएको प्रमाण पेस गर्न नसकेकाले सार्वजनिक कायम गरिएको हो।
जितपुर सिमरा उपमहानगरपालिका र परवानीपुर गाउँपालिकामा गरेर दुईवटा स्थानीय तहहरुमा रहेको प्रद्युम्नराज पाण्डेको नामको विवादित जग्गालाई मालपोत कार्यालय सिमराले बिहीबारदेखि सार्वजनिक कामय गरेको छ।
गायिका आस्था राउतविरुद्ध काठमाडौं जिल्ला प्रशासन कार्यालयले पक्राउ पुर्जी जारी गरेपछि कलाकारहरू उनको पक्ष र विपक्षमा तर्क गरिरहेका छन्।
केपी ओली नेतृत्वको सरकारले संसद्मा पेस गरेका विधेयक एकपछि अर्को गर्दै विवादमा परेका छन्। सरकारले संवैधानिक व्यवस्थाविपरीतका प्रावधान राखी विधेयक ल्याएका कारण विवाद उत्पन्न भएको हो।
विगतमा विवादित बन्दै आएको नदी पैदावर उत्खननको काम यसपाला पनि सुरुमै विवादित बनेको छ। आफूहरूको प्रमुख आर्थिक स्रोतका रूपमा रहेका नदी तथा खोलाहरूलाई स्थानीय सरकारहरूले आफूखुसी प्रयोग गर्न थालेकाले विगतदेखि नै यस्तो समस्या देखिएको हो।
नेकपाका नेताहरुको चर्को दवावमा शुद्धोधन गाउँपालिका वडा नं ६ वराहमा कित्ता नम्बर ६ सय २० मा रहेको विवादित सरकारी जग्गामा प्रहरी प्रशासनको आडमा जबर्जस्ती जोताई गरी गहु छरिएको छ।
विवादित यौन अपराधीबारे बिबिसीसँगको योर्कका ड्युक भनिने राजकुमार एन्ड्रयुको अन्तर्वार्ता विवादित बनेको छ।
तिहारलाई लक्षित गर्दै गायक दुर्गेश थापाले सार्वजनिक गरेको ‘ह्याप्पी तिहार’ गीत युट्युबबाट हटाएका छन्। उनले गीत हटाउँदै सार्वजनिक रुपमा माफी मागेपछि महानगरीय अपराध महाशाखा टेकुले उनलाई छाडेको थियो।
सो अन्तरिम आदेशविरुद्ध विभागले सर्वोच्च अदालतमा रिट लिएर आएपछि प्रधानन्यायाधीश जवराको एकल इजलासले ती न्यायाधीशविरुद्ध कारबाही गर्न न्यायपरिषद्लाई ओदश दिएको हो।
राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोको अभिव्यक्ति संसदको रेकर्डबाट हटाइएको छ। प्रतिनिधिसभाको सोमबारको बैठकमा महतोले सभामुख कृष्णबहादुर महरा र नेकपा अध्यक्ष पुष्पकमल दाहाललाई जोडेर विवादित अभिव्यक्ति दिएपछि नेकपाका सांसद खगराज अधिकारी र कृष्णभक्त पोखरेलले नियमापत्ति जनाउँदै रेकर्डबाट हटाउन माग गरेका थिए।
सुडान र दक्षिण सुडानको विवादित सीमावर्ती नगर अबेईमा भएको आक्रमणमा एक जना शान्ति सैनिकको मृत्यु भएको छ।