२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
राजनीति

राजेन्द्र महतोको विवादित अभिव्यक्ति रेकर्डबाट हटाइयो

काठमाडौं– राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोको अभिव्यक्ति संसदको रेकर्डबाट हटाइएको छ। प्रतिनिधिसभाको सोमबारको बैठकमा महतोले सभामुख कृष्णबहादुर महरा र नेकपा अध्यक्ष पुष्पकमल दाहाललाई जोडेर विवादित अभिव्यक्ति दिएपछि नेकपाका सांसद खगराज अधिकारी र कृष्णभक्त पोखरेलले नियमापत्ति जनाउँदै रेकर्डबाट हटाउन माग गरेका थिए। 

नेकपा सांसदको मागपछि सभामुख महराले महतोको विवादित अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन निर्देशन दिएका थिए। 

के भनेका थिए महतोले?

आफ्नो नामसँग मिल्ने अर्कै व्यक्ति (राजेन्द्र महतो)को नागरिकता खारेज भएको सूचनामा आफ्नो फोटो राखेर राजपा सांसद राजेन्द्र महतोको नागरिकता खारेज भएको भन्ने प्रचार भएको विषयलाई लिएर महतोले सभामुख र नेकपा अध्यक्षको नामसँग जोडेका थिए। 

महतोले कृष्णबहादुर महरालाई महाडकैती मुद्दामा आजिवन कारावास भन्ने सूचनामा सभामुख महरालाई महाडकैती मुद्दामा आजिवन कारावास भयो भनेर समाचार आयो भने के हुन्छ भनी प्रश्न गरेका थिए। त्यतिमात्रै होइन उनले पुष्पकमल दाहालको नाम लिँदै भन्दै गर्दा नेकपा सांसद अधिकारीले आपत्ति जनाएपछि उनी रोकिएका थिए। नाम मात्रै भनेर अर्काे व्यक्तिलाई जोड्नु गलत भएको उनको भनाई थियो। 

अर्का सांसद कृष्णभक्त पोखरेलले कसैसँग उदाहरण दिँदा कृष्णबहादुर महराको नाम लिने कुरा स्वभाविक नभएको र संसदको मर्यादा र सम्मान पनि पर्याप्त नहुने र पुष्पकमल दाहालको नाम लिने कुरा पनि संसदीय अभ्यास र मर्यादाभित्र नपर्ने भन्दै रेकर्डबाट हटाउन माग गरे।

सभामुख महराले यस विषयमा अन्तिममा निर्णय लिने जवाफ दिएका थिए। अन्तिममा महराले भने, ‘विशेष समयमा बोल्ने माननीय सदस्यले बोल्नुभएको भाषाप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ। प्रतिनिधिसभा नियामावलीको दफा २१ (ख) र (ङ) बमोजिम प्रतिकुल हुनेगरी प्रयोग गरिएका शब्दहरु रेकर्डबाट हटाउन म सचिवालयलाई निर्देश गर्दछु।’ 

प्रकाशित: २० श्रावण २०७६ ०९:२१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App