२० आश्विन २०८१ आइतबार
image/svg+xml

जीवन बिमाबापतको रकम भुक्तानी

स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेड ताप्लेजुङ शाखाले कर्जा लिएका व्यक्तिको मृत्युपछि उनका आफन्तलाई बिमाबापतको मृत्यु दाबी भुक्तानी गर्न थालेको छ ।

लकडाउनले चिनी बेच्न रोकेन किसानको भुक्तानी रोकियो

नवलपरासीका चिनी उद्योगले उत्पादित चिनी बेचिसके । तर त्यही चिनी बेचेपछि भुक्तानी पाउने आशामा बसेका उखु किसानको हात अहिले पनि रित्तै छ । केही किसानले त तीन वर्षदेखिको भुक्तानी पाएका छैनन् ।

एम्बुलेन्स नआउँदै भुक्तानी

खरिद प्रक्रियाअनुसार सामान आएपछि मात्रै भुक्तानी गर्नुपर्ने सामान्य नियमलाई लत्याउँदै नेपाल प्रहरीले एम्बुलेन्स नआइपुग्दै त्यसबापतको रकम भुक्तानी गरेको छ। नेपाल प्रहरीले गत माघमा चारवटा एम्बुलेन्स खरिद गर्न टेन्डर आह्वान गरेको थियो। त्यसअनुसार असार मसान्तसम्म सबै एम्बुलेन्स आइपुग्नुपर्ने भए पनि साउन बित्न लाग्दासम्म आएका छैनन्। तर एउटा एम्बुलेन्सको करिब ४७ लाख रूपैयाँका दरले पौने २ करोड रकम भने भुक्तानी गरिसकिएको छ।

सुविधा पाउने ऋणी तीन तहमा

आर्थिक वर्ष ०७७/७८ को मौद्रिक नीति कार्यान्वयन गर्न नेपाल राष्ट्र बैंकले सोमबार बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ ।

राष्ट्रिय बीमा कम्पनीद्वारा सडक निर्माण बीमा दाबी भुक्तानी

सरकारी मातहतमा रहेको राष्ट्रिय बीमा कम्पनीले ४६ लाख ८३ हजार रुपैयाँ सडक निर्माण बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीले जनकपुर सडकको निमार्ण कार्य क्षति दाबी बापत उक्त रकम भुक्तानी गरेको जनाएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत डिल्लीराज अर्यालले सम्बन्धित कम्पनीका प्रतिनिधिलाई उक्त रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।

उद्योगी व्यवसायी सडकमा उत्रिए

उद्योगी व्यवसायीले कोरोना महामारीका कारण बैंकको किस्ता भुक्तानी गर्न गाह्रो भएको भन्दै सडकबाट ध्यानाकर्षण गराएका छन् । असारभित्र तिर्नुपर्ने बैंकको किस्ता र ब्याज तिर्ने समय थप गर्न राष्ट्र बैंकसमक्ष माग गरिएको छ ।

बैंकको किस्ता भुक्तानी गर्ने समय ६ महिना थप्न माग

पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनी प्रालिले बैंक तथा वित्तीय संस्थाबाट यातायात व्यवसायीले लिएको ऋणको किस्ता भुक्तानी गर्ने समय छ महिना थप गर्न माग गरेको छ।

कनेक्ट आइपिएसबाट गरिने भुक्तानीको सीमा हटाउन सुझाव

सेयर बजारमा अनलाइन कारोबार गर्दा कनेक्ट आइपिएसबाट गरिने भुक्तानीको सिमा हटाइनुपर्ने सुझाव दिएका छन्। आइतबार आगामी मौद्रिक नीतिमा पुँजी बजारका समावेश हुनुपर्ने विषय आर्थिक पत्रकार समाज (सेजन)ले आयोजना गरेको बेबिनारमा सहभागी लगानीकर्ताले यस्तो सुझाव दिएका हुन्।

सरकारलाई खर्च भुक्तानीमा दबाब

अर्थमन्त्री युवराज खतिवडाले गत साता संसद्मा उभिएर आम्दानी (राजस्व) भन्दा खर्च धेरै भएको तथ्यांक प्रस्तुत गर्दै आगामी दिनमा खर्चको भुक्तानी दिन सरकारलाई दबाब पर्ने जानकारी दिए।

भुक्तानी प्रदायक संस्थाले पनि साधारण सेयर जारी गर्नुपर्ने

बैँक तथा वित्तीय संस्थाको नियामक निकाय नेपाल राष्ट्र बैँकले भुक्तानी तथा फछ्यौट विनियमावली २०७७ जारी गर्दै अब भुक्तानी प्रदायक संघ संस्थाले पनि साधारण सेयर जारी गर्नु पर्ने व्यवस्था गरेको छ ।

कार्य सम्पन्न भएका आयोजनाको लागि भुक्तानी प्रक्रिया सुरु

रसुवाको नौकुण्ड गाउँपालिकाले कार्य सम्पन्न भएका आयोजनाको लागि आजदेखि भुक्तानी प्रक्रिया सुरु गरेको छ । सामाजिक दूरी कायम गरेर भुक्तानी गर्नुपर्ने भएकाले गाउँपालिकाले भुक्तानी प्रक्रियाको कार्यतालिका निर्माण गरेको छ ।

जलविद्युत् प्रवद्र्धकले तत्कालै बिजुलीको भुक्तानी नपाउने

नेपाल विद्युत् प्राधिकरणले कोरोना भाइरसको महामारीका  कारण निजि क्षेत्रका जलविद्युत् आयोजनाका प्रवद्र्धक कम्पनीलाई तत्कालै बिजुलीको भुक्तानी दिन नसक्ने जनाएको छ। प्राधिकरणको विद्युत व्यापार विभागले कोरोना भाइरसको महामारीको कारणले निजी क्षेत्रबाट सञ्चालित आयोजनाहरुको मिटर रिडिङ, मासिक बिल भुक्तानी लगायतका काम गर्न नसकिने तत्कालै भुक्तानी गर्न नसकिने बताएको हो।

कर भुक्तानी अवधि सार्ने तयारीमा सरकार

अर्थमन्त्री युवराज खतिवडाले व्यवसायीलाई कर भुक्तानीको अवधि सार्ने तयारी भइरहेको बताएका छन्।

सत्ताधारी दलकै सांसदले मागे मुख्यमन्त्रीको राजीनामा

उपभोक्ता समितिको भुक्तानी हुन नसक्दा दुई महिनासम्म बस्न नसकेको प्रदेशसभाको बैठक सुरु भएपछि पुनः भुक्तानीकै विषयले प्रवेश पाएको छ। शनिबार बसेको प्रदेशसभा बैठकमा सत्ताधारी दलदेखि प्रतिपक्षी दलका सांसदसम्म भुक्तानीको विषयमा सरकारलाई घेरेका थिए।

भुक्तानी विवादले बन्धक बन्यो प्रदेश २ संसद्

प्रदेश २ को स्थायी राजधानी र नाम टुंगो लगाउन फागुन २२ मा संसद् बैठक बोलाइए पनि अर्को सूचना टाँसेर फागुन ३० गतेका लागि सारिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्