coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

उद्योगी व्यवसायी सडकमा उत्रिए

जबर्जस्ती ब्याज असुल्न बन्द गर

उद्योगी व्यवसायीले कोरोना महामारीका कारण बैंकको किस्ता भुक्तानी गर्न गाह्रो भएको भन्दै सडकबाट ध्यानाकर्षण गराएका छन् ।  

काठमाडौं जिल्लाका उद्योगी व्यवसायीका विभिन्न २१ वटा संगठन मिलेर बनेको ‘काठमाडौं जिल्ला उद्योगी व्यवसायी कोभिड–१९ संकट व्यवस्थापन समिति’ले काठमाडौंको बसन्तपुर न्युरोड क्षेत्रमा ध्यानाकर्षण कार्यक्रम आयोजना गरेको हो ।  

कार्यक्रममा समितिका संयोजक एवं नेपाल उद्योग वाणिज्य संघ काठमाडौंका अध्यक्ष दिनेश श्रेष्ठले उद्योगी व्यवसायीलाई बैंकको ब्याज र किस्ता, सरकारलाई डिमान्ड शुल्क, घरबेटीलाई घरभाडा बुझाउन समस्या भएकाले समय थप गरिदिन आग्रह गर्ने गरी सम्बन्धित सबै पक्षलाई सडकमा आई ध्यानाकर्षण गरिएको बताए ।  

उनले अदालतले पनि लकडाउनको अवधिलाई शून्य समय मान्ने निर्णय गरेको अवस्थामा पनि नियामक निकाय नेपाल राष्ट्र बैंकको स्पष्ट नीति नआउँदा बैंकहरुले ब्याज र किस्ताका लागि ताकेता गरिरहेको तर उद्योगी व्यवसायीहरु तिर्न सक्ने अवस्थामा नरहेकाले ध्यानाकर्षण गर्नुपरेको बताए ।  

श्रेष्ठले असारभित्र तिर्नुपर्ने बैंकको किस्ता र ब्याज तिर्ने समय थप गर्न राष्ट्र बैंकसमक्ष माग गरिएको बताए ।

उद्योगी व्यवसायीहरु ‘आफू पनि बाँचौं अरूलाई पनि बचाऔं’, ‘कोरोनामय अर्थतन्त्र सबै मिली जोगाऔं,’ ‘उद्योगी व्यवसायी घरधनी बैैंक सबै मिलौं, सहकार्य र सहयोगको वातावरण बनाऔं’, ‘घरधनी हामीलाई प्यारो छ, महामारीमा हामीलाई गाह्रो छ,’ ‘जबर्जस्ती ब्याज असुल गर्न बन्द गर’ लेखिएका ब्यानर लिएर सडकमा उत्रिएका थिए ।  

प्रकाशित: १९ असार २०७७ ०७:४४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App