१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

राष्ट्रिय बीमा कम्पनीद्वारा सडक निर्माण बीमा दाबी भुक्तानी

सरकारी मातहतमा रहेको राष्ट्रिय बीमा कम्पनीले ४६ लाख ८३ हजार रुपैयाँ सडक निर्माण बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीले जनकपुर सडकको निमार्ण कार्य क्षति दाबी बापत उक्त रकम भुक्तानी गरेको जनाएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत डिल्लीराज अर्यालले सम्बन्धित कम्पनीका प्रतिनिधिलाई उक्त रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् । 

जनकपुर परिक्रमा, व्यापारिक मार्ग विस्तार योजना अन्तर्गत जटही जनकपुर सडक विस्तार तथा स्तरोन्नति कार्य निर्माण व्यवसायी लामार डाँफे र धुकुछुबाट भइरहेको थियो भने उक्त सडकको बीमा राष्ट्रिय बीमा कम्पनीले गरेको थियो । 

गत वर्षको असार २६, २७ र २८ को अबिरल बर्षाको बाढीले सडक खण्डमा पानी जम्मा भई निर्माण सामग्रीहरु लगायत सडकको निमार्ण कार्यमा क्षति पुगेपछि दाबी परेको थियो ।

प्रकाशित: ३१ असार २०७७ ०८:३४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App