पोखरामा प्याजको मूल्य तेब्बर
भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाएसँगै पोखराका व्यापारीले प्याज स्टक राखेर कृत्रिम अभाव सिर्जना गरी तेब्बरसम्म मूल्य लिएका छन्। बिहीबार प्रदेश बजार अनुगमन समितिले अनुगमन गर्दा प्याज अभाव देखाउन होलसेल व्यापारीले पसल बन्द गरेको पाइएको उपभोक्ता मञ्च गण्डकी प्रदेश अध्यक्ष कपिलनाथ कोइरालाले जानकारी दिए।