coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

कालोबजारी गर्नेविरुद्ध वाणिज्य संघले कडा कदम चाल्ने

इटहरी- कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथाम र नियन्त्रणका लागि झन्डै महिनादेखि मुलुक लकडाउनमा भएका बेला उद्योगी–व्यवसायीले विभिन्न स्थानमा कालोबजारी गरेको समाचार सार्वजनिक हुँदा छन् । उद्योग वाणिज्य संघ इटहरीले भने कालोजबारी गर्ने उद्योगी–व्यवसायीविरुद्ध कडा कदम चाल्ने चेतावनी दिएको छ ।

‘लकडाउनका बेला सबै नगरबासीलाई अत्यावश्यक सामाग्रीहरू उपलब्ध गराई उद्योगी व्यावसायीहरुले पुर्‍याएको योगदानप्रति उद्योग बाणिज्य संघ प्रशंसा गर्छ,’ संघका महासचिव पिताम्बर पोखरेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ । अहिलेसम्म इटहरी उपमहानगर क्षेत्रभित्र गलत खालका गतिविधि नहुनु हाम्रा लागि सुखद कुरा भएको उल्लेख छ।

‘व्यावसाय सञ्चालन गर्दैगर्दा कहीकतै अनैतिक, मार्यादाहिन र कानून विपरितका काम कसैबाट भएमा त्यसविरुद्ध संघले कडा कदम चाल्नेछ,’ संघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। काही कतै कुनै अबाञ्छित गतिविधि भएका भए संघलाई सूचना दिन आग्रह गरिएको छ ।

मुलुकका अन्य केही भागमा फाट्टफुट्ट कालोबजारी भएका समाचारहरू आइरहेका छन् । विपतका बेला सर्वसाधारणहरुबाट बढ्ता फाइदा लिन खोज्ने प्रबृत्ति पनि देखिएको छ । अहिलेको बिषम परिस्थितिमा इटहरीमा घरभाडा लगाउनु हुने घरधनीलाई घरभाडामा सहुलियत दिन र बैक तथा वित्तिय संस्थालाई ऋण, ब्याजमा सहजीकरण गर्न पनि संघले आग्रह गरेको छ ।

संघले बित्तिय संस्थाहरुको ब्याज तथा नेपाल सरकारलाई बुझाउनुपर्ने कर छुट समय अनुकुल नभएसम्मको लागि सहजीकरण गरिदिन पनि नेपाल उद्योग बाणिज्य महासंघ, प्रदेश–१ मार्फत  प्रदेश–१ सरकार तथा नेपाल उद्योग बाणिज्य महासंघ मार्फत् नेपाल सरकारलाई अनुरोध गरिसकेकोे छ ।

प्रकाशित: ८ वैशाख २०७७ १०:२२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App