२९ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

कालोबजारी आरोपमा पक्राउ परेका धरौटीमा रिहा

बारा- लकडाउनको समयमा मसुरोको दाल बढी मूल्यमा बिक्री बितरण गरेको आरोपमा पक्राउ परेका वीरगन्ज–पथलैया औद्योगिक करिरोडका तीन अद्योगका सन्चालक तथा प्रतिनिधीहरुलाई जिल्ला प्रशासन कार्यालय बाराले आईतबार धरौटीमा छोडेको छ।

एक हप्ता पहिला बारा प्रहरीले मसुरोको दाल बढी मूल्यमा बिक्री गरेको आरोपमा नारायणी मोडर्न पल्सेस इण्डष्ट्रिज, कृष्ण आधुनिक दाल उद्योग, महावीर ओभर सिज प्रालीका सन्चालक तथा प्रतिनिधीहरु पक्राउ गरेको थियो।

पक्राउ परेका तीनवटै उद्योगका सन्चालक तथा कर्मचारीहरुसँग ६३ लाख ८२ हजार धरौटी रकममा छोडिएको बाराका प्रमुख जिल्ला अधिकारी रुद्र पण्डितले बताए।

नारायणी मोडर्न पल्सेस इण्डष्ट्रिज पररवानीपुरका सन्चाल मोहनलाल अग्रवालबाट १८ लाख ५० हजार  र कर्मचारी सुनिल शर्माबाट एक लाख ५० हजार गरि नारायणीबाट २० लाख धरौटी माग गरिएको बाराका प्रहरी उपरीक्षक कृष्ण पगेनीले बताए। कृष्ण आधुनिक दाल उद्योग छातापिपरका सन्चालक पवन कुमारबाट १९ लाख १७ हजार र कर्मचारी सुरेश शर्माबाट एक लाख ५० हजार गरि धरौटी रकम २० लाख ६७ हजार माग गरिएको पगेंनीले बताए।

त्यसै गरि महावीर ओभर सिज प्रालीका सन्चालक मुक्ती अग्रवालबाट २१ लाख ६५ हजार र कर्मचारी संतोष झाबाट एक लाख ५० हजार गरेर महावीरबाट २३ लाख १५ हजार धरौटी मागिएको उपरीक्षक पगेंनीले बताए।

मागिएको धरौटी रकम बुझाएर उद्योगका सन्चालक र कर्मचारी छुटेको पगेंनीले बताए। पक्राउ परेको उद्योगी तथा उद्योगका प्रतिनिधीहरुले समान्य अवस्थामा प्रति किलो मसुरोको दाललाई ८० देखि ८४ रुपैयासम्ममा बिक्री बितरण गर्दै आए पनि लकडाउनको अवधीमा प्रति किलोमा १० देखि १८ रुपैयाँ बढी मूल्य राखेर  ९४ देखि ९८ रुपैयासम्मा बिक्री बितरण गरेको प्रहरी उपरीक्षक पगेंनीले बताए।

लकडाउनको अवधीमा बाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगन्ज पर्साले बजार अनुगमन गरि बारामा रहेको ती उद्योगहरुलाई कारवाही गर्न जिल्ला प्रशासन कार्यालय बारालाई लिखित जानकारी गराएकोमा जिल्ला प्रशासन कार्यालयको आदेशमा ती उद्योग सन्चालक तथा प्रतिनिधीहरुलाई कालोबजारी तथा केही अनय समाजिक अपराध ऐन २०३२ पक्राउ गरेर कारवाही प्रक्रिया अगाडि बढाएको थियो।

प्रकाशित: २१ वैशाख २०७७ १४:१९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App