६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

व्यवसायी सुलभ अग्रवाल पुनः पक्राउ

काठमाडौं - काठमाडौं जिल्ला अदालतबाट धरौटीमा रिहा भए लगत्तै व्यवसायी सुलभ अग्रवाललाई प्रहरीले पुनः पक्राउ गरेको छ। ज्वरो नाप्ने थर्मल गन कालोबजारी गरेको मुद्दामा धरौटीमा रिहा भएका अग्रवाललाई प्रहरीले अदालत परिसरबाटै पुनः पक्राउ गरेको हो। 

महानगरीय प्रहरीले परिसर काठमाडौंले सम्पत्ति शुद्विकरण मुद्दामा अग्रवाललाई पक्राउ गरेको हो। जिल्ला अदालतका न्यायधीश ब्रजेश प्याकुरेलको इजलासले अग्रवाललाई २५ लाख ५० हजार धरौटीमा छाड्न आदेश दिएको थियो। अदालतबाट रिहा भएलगत्तै पुनः प्रहरीले पक्राउ गर्नु अदालतको अपहेलना भएको अग्रवालको तर्फबाट बहस गरिरहेका अधिवक्ता परशुराम कोइरालाले बताए। कुनै पनि पक्राउ पुर्जि नलिएर अदालत परिसरबाटै पक्राउ गर्नु कानूनको उपहास भएको उनले बताए।

अग्रवालविरुद्ध कलोबजारी तथा सामाजिक अपराध अन्तर्गत तीन वटा मुद्दा दार्ता भएको अधिवक्ता कोइरालाले बताए। अदालतले प्राप्त प्रमाणको आधारमा जेष्ठ १८ गते अदालतमा हाजिर हुनेगरी धरौटीमा रिहा गरेपनि विना पूर्जी प्रहरीले पुनः पक्राउ गरेको उनको भनाइ छ। अग्रवाललाई गत चैत २५ गते ५ हजार पर्ने थर्मल गन १५ हजार रुपैयाँ बेच्न खोजेको भन्दै महानगरिय अपराध अनुसन्धान महाशाखाको टोलीले पक्राउ गरेको थियो। पहिलो पटक जिल्ला प्रशासन कार्यालयबाट ७ दिन म्याद थप गरी अनुसन्धान सुरु गरिएको थियो। त्यसपछि २ पटक गरी प्रशासन कार्यालयबाट २२ दिन म्याद थप भएको थियो। अग्रवाल विरुद्ध जिल्ला अदालतमा बुधबार मात्रै मुद्दा दायर भएको थियो।

प्रकाशित: १८ वैशाख २०७७ १२:२६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App