१५ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
समाज

कालो बजारी गरेको आरोपमा व्यवसायी पक्राउ

बारा- बारा प्रहरीले लकडाउनको अवधीमा मसुरोको दाल बढी मूल्यमा बिक्री बितरण गरेको आरोपमा वीरगन्ज–पथलैया औद्योगिक करिरोडका तीन अद्योगका सन्चालक तथा प्रतिनिधीहरुलाई आईतबार पक्राउ गरेको छ।

पक्राउ पर्नेमा नारायणी मोडर्न पल्सेस इण्डष्ट्रिज, कृष्ण आधुनिक दाल उद्योग, महावीर ओभरसिज प्रालीका सन्चालक तथा प्रतिनिधीहरु रहेको बारा प्रहरीले जनाएको छ।

नारायणी मोडर्न पल्सेस इण्डष्ट्रिज पररवानीपुरका सन्चाल मोहनलाल अग्रवा र प्रतिनिधी सुनिल शर्मा कृष्ण आधुनिक दाल उद्योग छातापिपरका सन्चालक पवन कुमार साह र प्रतिनिधी सुरेश शर्मा , महावीर ओभरसिज प्रालीका प्रतिनिधी संतोष झा गरि पाँच जानलाईलाई पक्राउ गरिएको बाराका प्रहरी उपरीक्षक कृष्ण पंगेनीले बताए।

लकडाउनको अवधीमा मसुरोको दाल प्रति किलो १८ रुपैयासम्म महँगोमा  बिक्री बितरण गरेको बजार अनुगमनको क्रममा भेटिए पछि उनीहरुलाई पक्राउ गरिएको उनले बताए।

लकडाउनको अवधीमा प्रति किलोमा १० देखि १८ रुपैयाँ बढी मूल्य राखेर  ९४ देखि ९८ रुपैयाँसम्मा बिक्री बितरण गरेको प्रहरी उपरीक्षक पगेनीले बताए।

लकडाउनको अवधीमा बाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगन्ज पर्साले बजार अनुगमन गरेको थियो। महंगो मूल्य लिने उद्योगहरुलाई कारवाही गर्न जिल्ला प्रशासन कार्यालय बारालाई लिखित जानकारी गराएकोमा जिल्ला प्रशासन कार्यालयको आदेशमा ती उद्योग सन्चालक तथा प्रतिनिधीहरुलाई कालोबजारी तथा केही अन्य समाजिक अपराध ऐन २०३२ पक्राउ गरेर कारवाही प्रक्रिया अगाडि बढाएको बाराका प्रहरी नायब उपरीक्षक गौतम मिश्रले बताए।

प्रकाशित: १४ वैशाख २०७७ १५:०८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App