६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

कालोबजारीमा संलग्न अग्रवालको पद खारेज

काठमाडौ – कालोबजारी गरेको आरोपमा पक्राउ परेका नेपालका लागि किर्गिस्तानका मानार्थ अवैतनिक वाणिज्यदूत सुलभ अग्रवालको पद खारेज भएको छ। परराष्ट्र मन्त्रालयले अग्रवालले कुटनीतिक सुविधाको दुरूपयोग गरेको बारेमा किर्गिस्तानलाई जानकारी गराइसकिएको र उनको पद खारेज भइसकेको जनाएको छ।

अग्रवालले कुटनीतिक सुविधाको दुरूपयोग गर्दै नीलो नम्बर–प्लेटको गाडीमार्फत थर्मल गनको कालोबजारी गरिरहेको अवस्थामा मंगलबार प्रहरीले काठमाडौबाट पक्राउ गरेको थियो। उनले ६ हजार पर्ने थर्मल गनलाई २० हजारमा बिक्री गरेको प्रहरीको आरोप छ। 

अग्रवालले कुटनीतिक सुविधाको दुरूपयोग गरेको फेला परेपछि परराष्ट्र मन्त्रालयले बुधबार साँझ विज्ञप्ति जारी गर्दै सरकारले अवैतनिक वाणिज्यदूतहरूलाई दिँदै आएको निलो नम्बर–प्लेट र राष्ट्रिय झन्डा राख्न पाउने सुविधा कटौती गरेको जनाएको छ।

 

प्रकाशित: २८ चैत्र २०७६ १०:०६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App