२३ आश्विन २०८१ बुधबार
image/svg+xml

कोरोना संक्रमणपछि बल्ल खुल्यो नेपाल–भारत नाका

सोही अनुरुप रौतहट सदरमुकामसँगै जोडिएको गौर–बैरगनिया नाका पनि बन्द भएको थियो। कोभिडको असर कम भएपछि सरकारले नाका सूचारु गर्दा सर्वसाधारणहरु पैदल आवत-जावत गर्दे आएपनि भारतीय पक्षले सार्वजनिक सवारी साधनको अवागमनमा रोक नै लगाएको थियो।

देशलाई उल्टो गतितर्फ लैजान ओलीले थरीथरीका शक्तिसँग मिलेर गठबन्धन बनाएका छन्ः महत

‘देशलाई उल्टो गतितर्फ लैजान ओलीले पनि थरीथरीका शक्तिसँग मिलेर गठबन्धन बनाएका छन्। एमालेका उम्मेदवारलाई रेल, पानी जहाज, घरघरमा ग्याँस लगायतको कुरा सोध्न मतदातालाई अनुरोध गर्दछु।’

मलाई निर्वाचित गरेर पठाउनुस् तपाईँहरुलाई १० वर्षमा सुध्रेको राजनीति दिन्छु: गगन थापा

पार्टीको काभ्रे–काठमाडौं सम्पर्क समन्वय समितिले मंगलबार आफ्नै निर्वाचन क्षेत्र काठमाडौं–४ मा आयोजना गरेको भेटघाट कार्यक्रममा बोल्दै उनले आफूले निर्वाचन जितेर गए काँग्रेसमा मात्रै संसदीय दलको निर्वाचन हुने र मतदाताले चाहे अनुसारको नेतृत्व परिवर्तन हुने पटकपटक दोहोर्‍याए।

र्‍यापर ‘लाउरे’ले मागे नेपाली कांग्रेसका उम्मेदवारलाई भोट

‘मंसिर चार गते हुने चुनाव महत्वपूर्ण छ। यो दिन एउटा असल व्यक्ति छान्ने र रोज्ने दिन हो यो दिन हामीले राम्रो व्यक्ति छान्न सक्यौ भने मात्र हाम्रो देश सुनिश्चित हुनेछ। एउटा सक्षम व्यक्तिको कुरा गर्दा मलाई मनपर्ने गण्डकी प्रदेशका बिन्दुकुमार थापा जस्ले एक्दमै राम्रो काम र उदाहरणले सबैले सिक्नुपर्छ जस्तो लाग्छ।'

जापानका लागि नवनियुक्त नेपाली राजदूत डा. सुवेदीद्वारा ओहोदाको प्रमाणपत्र पेश

राजदूत डा. सुवेदीले नेपाल र नेपाली जनताको सामाजिक-आर्थिक विकासमा उदार र निरन्तर सहयोग गरेकामा जापान सरकार र जापानी जनताप्रति हार्दिक आभार प्रकट गरेको जापानस्थित नेपाली राजदूतावासले जनाएको छ।

पाकिस्तानविरुद्धको मैत्रीपूर्ण खेलका लागि नरेश थापा सहायक प्रशिक्षक नियुक्त

एन्फाका अध्यक्ष पंकज विक्रम नेम्वाङले मंगलबारै एन्फा कम्प्लेक्समा थापालाई नियुक्ती पत्र हस्तान्तरण गरेका छन्। यसअघि नै एन्फाले मछिन्द्र क्लबलाई लगातार दुई पटक ‘ए’ डिभिजन लिग जिताएका प्रवेश कटुवाललाई पाकिस्तानविरुद्धको खेलका लागि मुख्य प्रशिक्षक नियुक्त गरिसकेको छ।

नेपाल बैंकको दुहबी शाखा उद्घाटन

दुहबी नगरपालिकाका प्रमुख वेदनारायण गच्छदारले हालको वित्तीय अवस्था तथा वित्तीय बजारमा रहेका जल्दाबल्दा विषयबारे चर्चा गर्दै दुहबी शाखा पनि यस क्षेत्रको अग्रणी बैंक रहेको जनाए।

लामालाई इन्डियाको अवार्ड

भारतको लखनउमा विश्व कुङ्फु दिवसमा आयोजित कार्यक्रम लामा नगद एक लाख ६० हजार रूपैयाँ र कदरपत्रसहित सम्मानित भएका हुन्। उनलाई इन्डियन कुङ्फु फेडरेसन अफ इन्डियाका अध्यक्ष एसएम बोब्डे र महासचिव मन्जु त्रिपाठीलगायतले एक कार्यक्रमबीच सम्मान गरे।

‘संसद् र संविधान रक्षाका लागि गठबन्धन’

संविधानको व्यवस्थाविपरीत केपी ओलीले दुईपटक प्रतिनिधिसभा विघटन गर्दै संविधानसभाबाट जारी संविधान नै समाप्त गर्न लागेसँगै कांग्रेस नेतृत्वमा अहिलेको गठबन्धन सरकार बनेको उनको दाबी छ।

सिन्धुलीमा पुरानै उम्मेदवार, पुरानै प्रतिस्पर्धा

सिन्धुली–१ मा कांग्रेस र एमालेबाहेक अरू उम्मेदवारी त्यति चर्चामा छैनन्। जनता समाजवादी पार्टीबाट सोमनाथ घिमिरे, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट शालिगराम माझी, नेपाल मजदुर किसान पार्टीबाट चित्रलाल श्रेष्ठ, राष्ट्रिय स्वतन्त्र पार्टीबाट मेनुका ठकुरीले यस क्षेत्रमा उम्मेदवारी दिएकी छन्।

आयोग र काउन्सिलप्रति अपेक्षा

प्रेसको अनुगमन गर्ने नाममा यतिबेला निर्वाचन आयोग र प्रेस काउन्सिल नेपालको प्रतिस्पर्धा भइरहेको छ। सम्पादकका नाममा २४ घन्टे पुर्जी काट्दा यी संस्थाको गरिमा बढेको छ वा घटेको छ, आफैले जान्ने कुरा हो।

भेट्रान चेसमा बद्रीलाल च्याम्पियन

अर्का राष्ट्रिय च्याम्पियन पुण्यमानले छैटौं चरणमा मोरङका भरत धिमाल र सातौं चरणमा काठमाडौंका राजेन्द्रप्रसाद श्रेष्ठलाई हराए। तेस्रो स्थानमा रहेका उनले २० हजार नगद प्राप्त गरे।

पर्यटन क्षेत्रको प्रचार डिजिटल माध्यमबाट गर्न गैर आवासीय नेपाली संघको आग्रह

उनले नेपालको पर्यटन क्षेत्रको प्रचार भिडियो बाहिर देशको भाषामा नै बनाएर प्रचार गर्दा प्रभावकारी हुने बताउँदै त्यसको लागि संघ बोर्डसँग सहकार्य गर्न तयार रहेको बताए।

प्रदीप पौडेलले ल्याए आर्थिक विकास र संमृद्धिका विषयमा १७ बुँदे अवधारणा

यसैगरी रोजगारी सिर्जनामा जोड दिने, बालबालिका र जेष्ठ नागरिकका लागि विशेष व्यवस्था गर्ने, महिला सशक्तीकरणमा जोड दिने, नविन प्रविधिको विकास गर्ने, भूमिहीनताको अवस्था अन्त्य गर्ने जस्ता प्रतिबद्धता पनि जनाइएको छ।

चलचित्र ‘लाखे’ को टिमद्वारा लाखे नाच प्रश्तुत

सुजन प्रजापतीको छायांकन, कविराज गहतराजको कोरियोग्राफी, सम्राट बस्नेतको द्वन्द्व निर्देशन रहेको चलचित्रमा अर्जुन जिसीको सम्पादन, आकाश बरालको पटकथा, अनुप न्यौपाने र आकाश बरालको संवाद रहेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्