१६ जेष्ठ २०८१ बुधबार
image/svg+xml
खेल

पाकिस्तानविरुद्धको मैत्रीपूर्ण खेलका लागि नरेश थापा सहायक प्रशिक्षक नियुक्त

अखिल नेपाल फुटबल संघ (एन्फा) ले पाकिस्तानविरुद्धको मैत्रीपूर्ण फुटबल खेलका लागि नरेश थापालाई सहायक प्रशिक्षक नियुक्त गरेको छ। एन्फाले कात्तिक ३० गते हुने खेलका लागि मंगलबार थापालाई सहायक प्रशिक्षक नियुक्त गरेको जनाएको हाे।

एन्फाका अध्यक्ष पंकज विक्रम नेम्वाङले मंगलबारै एन्फा कम्प्लेक्समा थापालाई नियुक्ती पत्र हस्तान्तरण गरेका छन्। यसअघि नै एन्फाले मछिन्द्र क्लबलाई लगातार दुई पटक ‘ए’ डिभिजन लिग जिताएका प्रवेश कटुवाललाई पाकिस्तानविरुद्धको खेलका लागि मुख्य प्रशिक्षक नियुक्त गरिसकेको छ।

फिफाको निलम्बन फुकुवासँगै आठ वर्षपछि अन्तर्राष्ट्रिय फुटबलमा फर्किएको पाकिस्तान नेपाल आउन लागेको हो। निलम्बन फुकुवापछि पाकिस्तानको सिनियर पुरुष टिमको यो पहिलो अन्तराष्ट्रिय खेल हो। नेपाल र पाकिस्तानबीचको खेल दशरथ रंगशालमा हुनेछ र खेल साँझ ५ बजे सुरु हुनेछ। 

प्रकाशित: २२ कार्तिक २०७९ ०६:३४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App