२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

र्‍यापर ‘लाउरे’ले मागे नेपाली कांग्रेसका उम्मेदवारलाई भोट

नेपाली चरर्चित र्‍यापर आशिष राना ‘लाउरे’ले गण्डकी प्रदेशसभा सदस्यमा उम्मेदवार दिएका नेपाली कांग्रेसका उम्मेदवार बिन्दुकुमार थापालाई भोट मागेका छन्। उनले सोमबार आफ्नो आधिकारीक फेसबुक पेजमा एक भिडियो सन्देश पोष्ट गर्दै भोट मागेका हुन्।  

उनले भिडियो सन्देशमा भनेका छन्,‘मंसिर चार गते हुने चुनाव महत्वपूर्ण छ। यो दिन एउटा असल व्यक्ति छान्ने र रोज्ने दिन हो यो दिन हामीले राम्रो व्यक्ति छान्न सक्यौ भने मात्र हाम्रो  देश सुनिश्चित हुनेछ। एउटा सक्षम व्यक्तिको कुरा गर्दा मलाई मनपर्ने गण्डकी प्रदेशका  बिन्दुकुमार थापा  जस्ले एक्दमै राम्रो काम र उदाहरणले सबैले सिक्नुपर्छ जस्तो लाग्छ।'

उनले थपे, 'उहाँले फेरी नयाँ एजेन्डा भष्टाचारले जरो गाडेर बसेको समाजलाई भष्टाचार मुक्त बनाउने र युवा शक्तिलाई कसरी समाजविकासमा अगाडि बढाउने भन्ने एजेन्डा एकदमै राम्रो छ। त्यसैले यसपालीको भोट म बिन्दुकुमार थापालाई दिन्छु तपाईहरुले पनि उहाँको ऐजेन्डा सामाजिक सञ्जालबाट हेरी मलाई मनपरे जस्तै तपाईहरुलाई पनि उहाँहरुको ऐजेन्डा मनपर्ने सक्छ।’ 

प्रकाशित: २२ कार्तिक २०७९ ०८:३२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App