२० वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

पर्यटन क्षेत्रको प्रचार डिजिटल माध्यमबाट गर्न गैर आवासीय नेपाली संघको आग्रह

गैर आवासीय नेपाली संघले नेपालको पर्यटक भित्र्याउनको लागि पर्यटन क्षेत्रको प्रचार डिजिटल माध्यमबाट विभिन्न देशको भाषामा बनाउन आग्रह गरेको छ।

सोमबार काठमाडौंमा नेपालको पर्यटन क्षेत्रको विकासमा गैर आवासिय नेपाली संघको भुमिका विषय अन्तरक्रिया कार्यक्रम गर्दै संघले नेपाल टुरिजम बोर्डलाई यस्तो आग्रह गरेको हो।

संघले अबको युग डिजिटल युग भएकाले नेपालको पर्यटन क्षेत्रको प्रचार पुरानो शैलीमा नभएर नेपालको समग्र पर्यटन क्षेत्रको जानकारी दिनेगरी छोटो भिडियो बनाएर प्रचार गर्नुपर्ने आवश्यकता रहेको बताएको छ। कार्यक्रममा बोल्दै गैर आवासिय नेपाली संघका प्रवक्ता सोम सापकोटाले नेपालको पर्यटन क्षेत्रको प्रचार अब डिजिटल माध्यमबाट गर्नुपर्ने बताए। उनले नेपालको पर्यटन क्षेत्रको प्रचार भिडियो बाहिर देशको भाषामा नै बनाएर प्रचार गर्दा प्रभावकारी हुने बताउँदै त्यसको लागि संघ बोर्डसँग सहकार्य गर्न तयार रहेको बताए। 

सापकोटाले गैर आवसीय नेपालीहरु नेपालमा आउँदा नेपाली एयरलाइन्सहरु र होटलहरुमा नेपालीहरु सहरको भाडा कायम गर्न माग गरे। उनले नेपालमा होटल तथा अन्य पर्यटन क्षेत्रमा लगानी गर्ने सहज वातावरण भए लगानी गर्न तयार रहेको बताए।

प्रकाशित: २१ कार्तिक २०७९ १३:४२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App