२३ आश्विन २०८१ बुधबार
image/svg+xml
खेल

लामालाई इन्डियाको अवार्ड

नेपाल उमा कुङ्फु संघका अध्यक्ष सिद्धार्थ लामालाई इन्डियन कुङ्फु फेडरेसन अफ इन्डियाले लाइफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरेको छ।

भारतको लखनउमा विश्व कुङ्फु दिवसमा आयोजित कार्यक्रम लामा नगद एक लाख ६० हजार रूपैयाँ र कदरपत्रसहित सम्मानित भएका हुन्। उनलाई इन्डियन कुङ्फु फेडरेसन अफ इन्डियाका अध्यक्ष एसएम बोब्डे र महासचिव मन्जु त्रिपाठीलगायतले एक कार्यक्रमबीच सम्मान गरे। नेपाल, भारतलगायत अन्य राष्ट्रमा पनि कुङ्फु खेल विकास र विस्तारमा समन्वयकारी भूमिका निर्वाह गर्दै उल्लेखनीय योगदान पुर्‍याए बापत लामालाई सम्मान गरिएको नेपाल उमा कुङ्फु संघले जनाएको छ। अध्यक्ष लामाले अवार्ड पाएकोमा खुसी व्यक्त गर्दै सम्मानले कुङ्फु खेलको विकास र विस्तारमा क्रियाशील रहन अझ हौसला र प्रेरणा मिलेको बताए। नेपाल उमा कुङ्फु संघका प्रथम उपाध्यक्ष सन्जितकुमार राईले आफ्ना अध्यक्षलाई सम्मान गरेकोमा सिंगो उमा कुङ्फु परिवार गौरवान्वित भएको उल्लेख गर्दै लामाको अतुलनीय योगदानको कदर गरी सम्मान गरेकोमा आयोजकलाई धन्यवाद दिए।  

‘नेपालमा उमा कुङ्फुको विकास र विस्तारमा उहाँको ठूलो योगदान छ। खेलाडीलाई स्वदेश तथा विदेशमा प्रतियोगिता र तालिममा सहभागिताका लागि अवसर दिलाउन उहाँ हरदम क्रियाशील रहनुभयो,’ उपाध्यक्ष राईले भने, ‘विगत १० वर्षदेखि उमा कुङ्फुलाई भारतमा विस्तार गर्न त्यहाँका पदाधिकारीलाई सहयोग गरिरहनुभएको छ। त्यसैले पनि उहाँको कामको कदर गर्दै सम्मान गरिएको हो।’ नोभेम्बरमै लखनउमा हुने राष्ट्रिय कुङ्फु च्याम्पियनसिप नेपाल उमा कुङ्फुको प्राविधिक टोलीले सञ्चालन गर्ने सहमति भएको लामाले जानकारी गराउदै चाँडै भारतको गोरखपुरमा इन्डो–नेपाल कुङ्फु च्याम्पियनसिप आयोजना गर्न दुई पक्षबीच सहमति भएको पनि जानकारी दिए। नेपाल उमा कु्ङफु संघका संस्थापकसमेत रहेका अन्तर्राष्ट्रिय निर्णायक लामाले भारतमा महिलालाई आत्मरक्षासम्बन्धी तालिम पनि दिएका छन्। लामाले हालै बेलायतमा सम्पन्न युरोपियन च्याम्पियनसिपको फम्स इभेन्टमा मुख्य जजको भूमिका निर्वाह गरेका थिए।

प्रकाशित: २२ कार्तिक २०७९ ०२:२६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App