coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

प्रदीप पौडेलले ल्याए आर्थिक विकास र संमृद्धिका विषयमा १७ बुँदे अवधारणा

नेपाली कांग्रेस काठमाडौं ५का उम्मेदवार प्रदीप पौडेलले आफ्नो क्षेत्र र मुलुकको आर्थिक विकास र संमृद्धिका विषयमा १७ बुँदे अवधारणा ल्याएका छन्। आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि मत माग्दै गर्दा पौडेलले प्रदेशतर्फ क्षेत्र नम्बर १ का उम्मेदवार भैरव सापकोटा र २ का श्यामबहादुर खड्कासमेतको एजेण्डालाई समेटेर पौडेलले सोमबार प्रतिबद्धता सार्वजनिक गरेका हुन्।  

प्रतिबद्धतापत्रमा निर्वाचन क्षेत्रमा सर्वसुलभ गुणस्तरीय शिक्षा प्रदान गर्ने, व्यवस्थित सडक र पार्किङको व्यवस्था गर्ने, गुणस्तरीय स्वास्थ्य सेवाका लागि पहल गर्ने, कला, संस्कृतिको संरक्षणमा लाग्ने, खानेपानी र ढल निकासको उचित व्यवस्था गर्ने प्रतिबद्धता जनाइएको छ।  

यसैगरी रोजगारी सिर्जनामा जोड दिने, बालबालिका र जेष्ठ नागरिकका लागि विशेष व्यवस्था गर्ने, महिला सशक्तीकरणमा जोड दिने, नविन प्रविधिको विकास गर्ने, भूमिहीनताको अवस्था अन्त्य गर्ने जस्ता प्रतिबद्धता पनि जनाइएको छ।  

प्रतिबद्धतापत्रमा लोकतन्त्र र संविधानको रक्षाका साथै राजनीतिक स्थायित्व र विकासका लागि नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीसहितको पाँच दलीय गठबन्धन जनताको घर–दैलोमा आएको र गठबन्धनका तर्फबाट यस क्षेत्रका सबै उम्मेदवारको निर्वाचन चिह्न ‘रुख’ रहेको जानकारी दिइएको छ।  जसअनुसार ‘रुख’ चिन्हमा मतदान गरी संयुक्त गठबन्धनका साझा उम्मेदवारहरूलाई विजयी गराउन अनुरोध गरिएको छ।

प्रकाशित: २१ कार्तिक २०७९ १३:२६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App