२३ आश्विन २०८१ बुधबार
image/svg+xml

विकासको काम गर्ने इच्छाशक्तिसहित चुनावमा होमिएको छु: वरिष्ठ नेता पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता एवं तनहुँ क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार रामचन्द्र पौडेलले विकासको काम गर्ने इच्छाशक्तिसहित आफू चुनावमा होमिएको बताएका छन्।

अर्घाखाँचीमा भुसाललाई गठबन्धनको बल, रायमाझीलाई ‘पपुलर’ भोटको आश

११ जना संघीय उम्मेदवार रहेपनि जिल्लामा दुई जनाबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ। करिब १० वर्षपछी प्रत्यक्ष चुनाव लड्न लागेकी भुसाल र १५ वर्षदेखी निरन्तर सांसद रहँदै आएका रायमाझी पहिलो पटक आमने–सामने हुन लागेका हुन्।

माओवादी र एस संघमा मिले पनि प्रदेशमा प्रतिस्पर्धा

‘हामीले सुरुमै केन्द्र र प्रदेश गरी रामेछापका तीन वटै सिटमा उम्मेदवारी दियौ तर पछि प्रतिनिधिसभा र प्रदेशसभाको रामेछाप (ख)को उम्मेदवारी निस्क्रिय बनायौं,’ पौडेलले भने, ‘(क) मा माओवादीले अहंकार देखायो। त्यसैले त्यस क्षेत्रमा हामीले उम्मेदवारी फिर्ता लिएनौ।’

असुस जेनबुक फोल्ड र जेनबुक प्रो १४ डुओ ल्यापटप बजारमा

ताइवानी कम्पनी असुसले क्रिएटर सिरिज अन्तर्गत दुईवटा नयाँ ल्यापटप नेपाली बजारमा भित्र्याएको छ।

रमेश कर्पको भारतीय कम्पनीसँग साझेदारी

टाइल्स उत्पादन गर्न नेपालको व्यापारिक समूह रमेश कर्पले भारतको कजारिया सेरामिक्ससँग साझेदारी गर्ने भएको छ।

२० हिमाल आरोहणबाट ५ करोड राजस्व संकलन

नेपाल पर्वतारोही संघले हिमाल आरोहण अनुमति दिएबापत ५ करोड १८ लाख रूपैयाँ राजस्व संकलन गरेको छ।

विश्व शान्तिमा नेपाली सेना

पृथ्वीनारायण शाहको दिव्योपदेशमा उल्लेख गरिएका दृष्टिकोण र अपनाइएका रणनीतिहरू फ्रान्सको सैन्य रणनीतिकार तथा राजनीतिज्ञ नेपोलियन तथा सैनिक सिद्धान्तकार कार्ल भोन क्लाउ सेउइट्स, दोस्रो युद्धताका मरुभूमिको फ्याउरो (डिजर्ट फक्स)का नामले चर्चित इखिन रोमेल वा अमेरिकी व्यापारी जोन डि रकफेलर जस्ता रणनीतिकार जत्तिकै देखिन्छन्। दुःखको कुरा उनका बारेमा विश्वका समकालीन रणनीतिक चिन्तकका झैं लेखिएन, विश्लेषण गरिएन।

बिग्रेको राजनीति बचाउन गठबन्धन विजयी हुनुपर्छः प्रधानमन्त्री

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले दुई पटक संसद् विघठन गरेपछि गठबन्धन बनेको प्रधानमन्त्री देउवाको भनाइ थियो। 'संसद् विघठन गर्दा हामी सबैलाई डर लाग्यो, प्रजातन्त्र कमजोर पार्ने काम गर्न थाले', देउवाले भने, 'संविधानमा प्रधानमन्त्रीको लहडबाजीको संसद् भंग हुनसक्ने व्यवस्था छैन, त्यसैले हामीले सबै पार्टी एक भएर त्यसको विरोधमा गयौँ।'

एकैदिन १४ सय बढ्यो सुनको मूल्य, काराेबार कतिमा?

शुक्रबार प्रतितोला ९३ हजार एक सय रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला एक हजार चार सय रुपैयाँले बढेको हो।

शुक्र अस्तले चतुर्मास व्रत उद्यापन रोकिँदैनः धर्मशास्त्रविद्

यो अवधिमा कुनै कामनाले गरिने कर्म मात्र गर्न नहुने धर्मशास्त्रविद् समितिका सदस्य प्रा डा देवमणि भट्टराई बताउँछन्। चतुर्मास व्रत प्रत्येक वर्षको नियमित कर्म भएकाले शुक्र एवम् वृहस्पति अस्तले यस्ता कर्म नरोकिने उनले सुनाए। केही व्यक्तिले सामाजिक सञ्जाललगायतबाट गरेको यससम्बन्धी प्रचारप्रसार गलत रहेको समितिले जनाएको छ।

दैलेखमा यस्तो छ चुनावी प्रतिस्पर्धा

'यसमा पार्टीको विरासत र व्यक्तिको व्यक्तित्व दुवै मिलेको हुनुपर्दछ', उनले भने, 'सूचना र प्रविधिको तीव्र विकास भइरहेको बेला विगतको जस्तो चुनावी शैली सम्झिने गुल्टिन सक्छन्।'

कांग्रेसका केन्द्रीय सदस्य गुरुङलाई पत्नी शोक

गुरुङकी श्रीमती शिरमाया गुरुङको आज बिहान ५ः२० बजे फोक्सोको क्यान्सरका कारण निधन भएको हो। विसं २००५ भदौमा स्याङ्जाको भिरकोटमा उनको जन्म भएको हो।

पोखरामा एक करोड लिटरका डिजेल ट्यांक

नेपाल आयल निगमले पोखरा महानगरपालिका वडा नं २९ गगनगौंडामा गण्डकी प्रादेशिक कार्यालय माताहतको निगम डिपो परिसरमै ५–५ हजार किलोलिटर क्षमताका दुई वटा डिजेल भण्डारण गृह बनाएको हो।

दुई अर्बको हतियार खरिद गर्दै सेना

‘सरकारसँग डलर अभावका कारण केही ढिलाइ भएको हो, सरकारले अमेरिका पठाउने डलर व्यवस्था गर्नासाथ हतियार नेपाल आउनेछ,’ स्रोतले भन्यो। दुई अर्ब रुपैयाँबराबरको विदेशी मुद्रा अमेरिका पठाउन अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकको पछिल्लो निर्देशनका कारण बाधा परेपछि रोकिएको सेनाले जनाएको छ

स्वच्छन्द्र भैरव टिम च्याम्पियन

नेपाल सितोरियो कराते डो संघ, स्वच्छन्द्र भैरव शाखा डोजोले प्रथम स्वच्छन्द्र भैरव नगरस्तरीय खुला कराते प्रतियोगिताको उपाधि शनिबार जितेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्