९ असार २०८१ आइतबार
image/svg+xml
खेल

स्वच्छन्द्र भैरव टिम च्याम्पियन

नेपाल सितोरियो कराते डो संघ, स्वच्छन्द्र भैरव शाखा डोजोले प्रथम स्वच्छन्द्र भैरव नगरस्तरीय खुला कराते प्रतियोगिताको उपाधि शनिबार जितेको छ।

चितलाङको हात्तीसार माँझगाउँमा भएको प्रतियोगितामा स्वच्छन्द्र भैरवले ८ स्वर्ण, ४ रजत र १४ कांस्य जित्यो। ५ स्वर्ण, ७ रजत र १३ कांस्यसाथ गोजुरियो दोश्रो भयो। तेश्रो स्थानको वज्र बाराहीले ५ स्वर्ण, ७ रजत र ७ कांस्य हात पार्‍यो।

प्रतियोगिताको पुरुषमा स्वच्छन्द्र भैरवका सलिन गमाल तथा महिलामा वज्र बाराहीकी बबिता बलामी उत्कृष्ट खेलाडी घोषित भए। स्वच्छन्द्र भैरव अनुशासित टिम पनि ठहरियो।

विजेतालाई थाहा नगरपालिकाका मेयर विष्णु विष्ट, उप मेयर भरत गोपाली, आयोजक डोजोका प्रमुख एवं प्रतियोगिता संयोजक रोशन बलामीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे। सो अवसरमा नवौं राष्ट्रिय खेलकुदअन्तर्गत करातेका स्वर्ण विजेता आशिष थापा र कांस्य विजेता सुविन खत्रीलाई सम्मान गरिएको थियो। पदक विजेताद्वय थाहा नगरपालिकाका हुन्।

एकदिने प्रतियोगितामा पुरुषतर्फ १० र महिलामा ८ गरी १८ स्पर्धामा ३ सय ५० खेलाडीले प्रतिस्पर्धा गरेको आयोजकले जनाएको छ।

प्रकाशित: १९ कार्तिक २०७९ १२:५३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App