२३ आश्विन २०८१ बुधबार
image/svg+xml
अर्थ

असुस जेनबुक फोल्ड र जेनबुक प्रो १४ डुओ ल्यापटप बजारमा

ताइवानी कम्पनी असुसले क्रिएटर सिरिज अन्तर्गत दुईवटा नयाँ ल्यापटप नेपाली बजारमा भित्र्याएको छ। नयाँ सिरिजमा फल्यागसिप जेनबुक फोल्ड र जेनबुक प्रो १४ डुओ ओएलडी रहेका छन्।

क्रिएटर सिरिजका दुवै ल्यापटप कन्टेन्ट क्रिएटर तथा सिर्जनशील प्रयोगकर्तालाई लक्षित गरी डिजाइन गरिएको कम्पनीले जनाएको छ। कम्पनीले नयाँ जेनबुक लाइनअपको मूल्य ३ लाख ८८ हजार ८ सय ८८ रूपैयाँ र जेनबुक १७ फोल्डको मूल्य ५ लाख ५५ हजार ५ सय ५५ रूपैयाँबाट सुरु हुने जनाएको छ।

क्रिएटर, डिजाइनर, भ्लगर र आर्टिस्टको बढ्दो आवश्यकतालाई ध्यानमा राखी डिजाइन तथा कटिङ एज प्रविधिमा तयार पारिएको बताउँदै कम्पनीले दुवै ल्यापटप आकर्षक हुनुका साथै प्रदर्शनमा शक्तिशाली र प्रयोगकर्ताको अनुभवको हिसाबले निकै सहज भएको दाबी गरेको छ।

असुस नेपालका कन्ट्री

हेड लियोन युले अग्रणी किसिमले नयाँ प्रविधि पस्किन कम्पनीलाई ३० वर्षभन्दा लामो समय लागेको उल्लेख गर्दै विशेष गरी क्रिएटर समुदायका लागि जेनबुक उपयुक्त हुने बताए। उनले सिर्जनात्मक प्रयासमा हुने व्यवधान हटाउने गरी ल्यापटप डिजाइन गरेको जनाउँदै ल्यापटपले अविश्वसनीय प्रदर्शनी दिने र क्रिएटरहरूलाई परिवर्तनशील इकोसिस्टमअनुकूलको सुविधा हुने बताए।  

प्रकाशित: २१ कार्तिक २०७९ ०२:३४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App