२३ आश्विन २०८१ बुधबार
image/svg+xml
खेल

महिला टी-२० विश्वकपः साउथ अफ्रिकाको दोस्रो जित

स्कटल्यान्ड समूह चरणबाटै बाहिरियो

आईसीसी महिला विश्वकप टि-२० क्रिकेटमा साउथ अफ्रिकाले दोस्रो जित दर्ता गरेको छ । दुबईमा बुधबार भएको खेलमा स्कटल्यान्डलाई ८० रनले पराजित गर्दै साउथ अफ्रिकाले अघिल्लो चरण प्रवेशको सम्भावना कायमै राखेको हो । 

लगातार तेस्रो हार बेहोरेको स्कटल्यान्ड भने समूह चरणबाटै बाहिरिएको छ । तीन खेलबाट ४ अंक भएको साउथ अफ्रिका समूह बीको शीर्ष स्थानमा उक्लिएको छ।  

१६७ रनको लक्ष्य पछ्याएको स्कटल्यान्ड १७.५ ओभरमा ८६ रनमा अलआउट भयो । स्कटिस टिमका लागि काथेरिन फ्रासेरले सर्वाधिक १४ र एलिसा लिस्टरले १२ रन बनाइन् । अन्य ब्याटरले दोहोरो अंक छुन सकेनन् ।  

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको साउथ अफ्रिकाले निर्धारित ओभरमा ५ विकेट गुमाएर १६६ रन बनाएको थियो । उसका लागि ताज्मिन ब्रिट्स र मारिजान कापले समान ४३ रन बनाएका थिए । क्याप्टेन लाउरा वोल्भार्टले ४० रनको योगदान गरेकी थिइन् ।  

बुधबार नै राति भारत र श्रीलंकाबीच पनि प्रतिस्पर्धा हुनेछ । 

प्रकाशित: २३ आश्विन २०८१ १८:५८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App