२३ आश्विन २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

रसायन शास्त्र तर्फको नोबेल पुरस्कार संयुक्त रुपमा तीन जनालाई

तस्बिर सौजन्यः नोबेल प्राइजको फेसबुक पेजबाट।

यसवर्षको रसायन शास्त्र तर्फको नोबेल पुरस्कार तीनजनालाई संयुक्त रुपमा प्रदान गरिने भएको छ।

नोबेल पुरस्कार वितरण गर्दै आएको संस्थाले सन् २०२४ को रसायन शास्त्र तर्फको नोबेल पुरस्कार डेविड बेकर, डेमिस हसाबिस र जन एम जम्परलाई दिइने घोषणा गरेको छ।

डेविड बेकरलाई कम्प्यूटेशनल प्रोटिन डिजाइनका लागि नोबेल पुरस्कार दिने बताइएको छ भने डेमिस हसाबिस र जन जम्परलाई प्रोटीन स्ट्रंक्चरको भविष्यवाणीका लागि नोबेल पुरस्कार दिइने छ।

यसअघि मङ्गलवार भौतिक शास्त्र तर्फको नोबेल पुरस्कार जन जे हापफिल्ड र जेफरी ई हिन्टनलाई संयुक्त रुपमा प्रदान गरिने घोषणा गरिएको थियो।

प्रकाशित: २३ आश्विन २०८१ २०:२७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App