२० आश्विन २०८१ आइतबार
image/svg+xml

अधिवेशनमा प्रधानमन्त्री र गृहमन्त्रीबाट सत्ताको दुरुपयोग भइरहेको छः डा. कोइराला

नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालाले पार्टीको अधिवेशनमा प्रधानमन्त्री र गृहमन्त्रीबाट सत्ता र शक्तिको दुरुपयोग गरिरहेको आरोप लगाएका छन्।

महाधिवेशनका लागि बनाइएको निर्वाचन समिति निष्पक्ष देखिएन: डा.कोइराला

प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाँणको जिल्लामा नै कुटपिट गरेर चुनाव गराइएको आरोप लगाउँदै उनले सभापति देउवा पक्ष गलत मानसिकताबाट अगाडि बढेकै कारण तोकिएकै समयमा महाधिवेशन नभएको स्पष्ट पारे।

प्रधानन्यायाधीश जबराले पदबाट राजीनामा गर्नुपर्छः काँग्रेस नेता कोइराला

प्रधानन्यायाधीश जबरा कार्यपालिकामा भाग खोज्ने व्यक्ति भएको उल्लेख गर्दै नेता कोइरालाले त्यस्ता व्यक्तिबिरुद्ध राजीनामा माग हुनु स्वभाविक भएको बताए।

मेरो पक्षमा मत आउने देखेर कार्यकर्ताको क्रियाशिल सदस्यता रोके: कोइराला

नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा.शेखर कोइरालाले आफ्नो पक्षमा मत आउने देखेर सभापति शेरबहादुर देउवाले राप्रपाबाट समायोजन भएर आएका नेता तथा कार्यकर्ताको क्रियाशिल सदस्यता रोकेको बताएका छन्।

कांग्रेस अलोकतान्त्रिक बन्दै गएको छ : डा. कोइराला

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले नेपाली कांग्रेस अलोकतान्त्रिक प्रवृतिबाट अघिबढीरहेको बताएका छन्।

प्रधानमन्त्रीलाई डा. कोइरालाको प्रश्नः यसरी हुन्छ सरकार सञ्चालन प्रभावकारी?

‘शतप्रतिशत समय सरकार सञ्चालनमा ध्यान दिनुपर्ने प्रधानमन्त्रीजीले ७५ प्रतिशत समय पार्टीको काममा खर्च गरेका छन्’, उनले भने, ‘यसरी सरकार सञ्चालन कसरी प्रभावकारी हुन सक्छ?’

तानाशाह बन्ने चाहना भएकासंग सजक बनौँ: शेखर कोइराला

नेपाली काँग्रेसका नेता डा‌.शेखर कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीको न्यायालय र वकिलहरुप्रतिको टिप्पणी अधिनायकवादी व्यवस्थाको पूर्वाभ्यास र तानाशाह बन्ने चाहना भएको बताएका छन्।

डा.कोइरालाकाे आरोपः नयाँ सरकार बन्ने अवस्था रहँदारहँदै संसद विघटन गरियाे

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नयाँ सरकार बन्ने अवस्था रहँदारहँदै संसद विघटन गरिएको आरोप लगाएका छन्।

राष्ट्रपतिको मिलेमतोमा प्रधानमन्त्रीले सत्ताकब्जाको प्रयास गरिरहेका छन्: कोइराला

शनिबार विराटनगर स्थित कोइराला निवासमा पत्रकारहरूसँग कुरा गर्दै कोइरालाले राष्ट्रपतिको मिलेमतोमा प्रधानमन्त्रीले सत्ताकब्जाको प्रयास गरिरहेको आरोप लगाएका हुन्।

‘मुलुकलाई द्वन्द्वमा लैजाने षडयन्त्र भयो’

सामान्यतया नयाँ सरकार गठनका लागि न्यूनतम तीन दिनको समय दिने प्रचलन भएपनि एकाएक २४ घन्टाको पनि समय नदिई सरकार गठनको आह्वान गर्नु संसद्लाई विघटन गरेर संविधान फाल्ने षड्यन्त्र बाहेक अरू केही हुन नसक्ने उनको दाबी छ।

ओली सरकार जति समय टिक्छ त्यति अराजकता बढ्छ : डा कोइराला

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले ओली नेतृत्वको सरकार जति धेरै टिक्छ त्यति धेरै अराजकता बढ्ने बताएका छन्। शुक्रबार विराटनगरस्थित कोइराला निवासमा आयोजित कार्यक्रममा कोइरालाले सरकार जति समय टिक्छ त्यति अराजकता बढ्ने बताएका हुन्।

‘ओली र माओवादीबीच साँठगाँठको आशंका छ’

‘सरकारले बिजनेस नदिँदैमा संसद्को सबै काम रोकिँदैन,’ डा. कोइरालाले भने, ‘उपभामुखको निर्वाचन प्रक्रिया अघि बढाउन सभामुखलाई कसले रोकेको छ?’ प्रधानमन्त्री र सभामुखले संसद् सञ्चालनमा चासो नै नदेखाएको कोइरालाको आरोप छ।

ओली र माओवादीबीच सांठगांठको आशंका छ : डा. कोइराला

‘कि आफ्नै नेतृत्वमा सरकार बनाउनुपर्‍यो कि त अरुलाई सरकार बनाउन सहयोग गर्नुपर्‍यो हैन भने ओलीसँगै मिलेर जाने भन्नुपर्‍यो’ कोइरालाले भने,‘कांग्रेस अब चुप लागेर बस्नु हुँदैन।’

कांग्रेसमा मौलाउँदो गुट, सक्रिय सदस्यमा पनि भागबन्डा

गत बुधबार दाङमा पत्रकारहरूले अब पार्टीमा रहने भूमिकाबारे सोध्दा कांग्रेस नेता डा. शेखर कोइरालाले जवाफ दिए, ‘कांग्रेसका सबै टिमसँग बसिरहेको छु ।’ उनले सो प्रसंगले कांग्रेसभित्रका जिल्लागत गुटलाई संकेत गर्छ । ‘दाङमै पनि कांग्रेसका चार/पाँच थरी समूह छन्,’ उनले भनेका थिए, ‘सबैसँग बसिरहेको छु तर कुन समूहले मलाई सहयोग गर्छ भन्ने पनि मैले बुझेको छु ।’

कांग्रेस नेतृत्वमा चुनावी सरकार : शेखर कोइराला

‘मुलुकको निकासको अन्तिम बिकल्प भनेकै निर्वाचन हो, फलतः अब निर्वाचन मुखी सरकार निर्माण हुनुपर्छ,’ नेपाल प्रेस युनियन दाङले घोराहीमा गरेको पत्रकार सम्मेलनमा बोल्दै कोइरालाले भने ‘कांग्रेस निर्वाचन मुखी सरकारको पक्षमा छ ।’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्