८ वैशाख २०८१ शनिबार
राजनीति

‘मुलुकलाई द्वन्द्वमा लैजाने षडयन्त्र भयो’

नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालाले राष्ट्रपतिले संविधान समाप्त गर्ने र मुलुकलाई द्वन्द्वमा लैजाने षड्यन्त्र गरेको आरोप लगाएका छन्। 

‘संविधानको धारा ७६ (३) अनुसार नियुक्त भएका प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत नलिई वा राजीनामा नगरी धारा ७६ (५) लागु गर्नु र त्यसै अनुरूप राष्ट्रपति अगाडी बढ्नु संविधानको धज्जी उडाउनु मात्रै नभई मुलुकलाई द्वन्द्वमा लैजाने षडयन्त्र हो,’ उनले भने।  

धारा ७६ (५) को सरकार गठनको प्रक्रिया सुरु गर्न २४ घन्टा पनि समय नदिनुले षड्यन्त्र भएको प्रष्ट हुने नेता कोइरालाको भनाइ छ। सामान्यतया नयाँ सरकार गठनका लागि न्यूनतम तीन दिनको समय दिने प्रचलन भएपनि एकाएक २४ घन्टाको पनि समय नदिई सरकार गठनको आह्वान गर्नु संसद्लाई विघटन गरेर संविधान फाल्ने षड्यन्त्र बाहेक अरू केही हुन नसक्ने उनको दाबी छ।  

नेता कोइरालाले अहिलेको यो अवस्थामा लामो संघर्षबाट प्राप्त भएको उपलब्धीलाई रक्षा गर्न र संविधान जोगाउने प्रयासमा लाग्न सबै राजनीतिक दलहरूलाई आग्रह गर्दै यसमा सहयोग गर्ने सबैलाई अनुरोध समेत गरेका छन्।  

प्रकाशित: ७ जेष्ठ २०७८ ०१:४२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App