७ वैशाख २०८१ शुक्रबार
राजनीति

मेरो पक्षमा मत आउने देखेर कार्यकर्ताको क्रियाशिल सदस्यता रोके: कोइराला

नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा.शेखर कोइरालाले आफ्नो पक्षमा मत आउने देखेर सभापति शेरबहादुर देउवाले राप्रपाबाट समायोजन भएर आएका नेता तथा कार्यकर्ताको क्रियाशिल सदस्यता रोकेको बताएका छन्।  

‘राप्रपाबाट कांग्रेसमा समायोजन भएर आएका सबै जिल्लाका नेता कार्यकर्ताले क्रियाशिल सदस्यता पाउने मोरङकाले मात्रै नपाउने भन्ने हुन्छ र ?’ कोइरालाले भने‘मेरो पक्षमा भोट आउँछ भनेर सभापति शेरबहादुर देउवाले नै क्रियाशिल सदस्यता रोकेका हुन्।’ कोइरालाले राप्रपाबाट समायोजन भएर आएका नेता कार्यकर्ताले सदस्यता नपाउँदा आफूलाई व्यक्तिगत रुपमा कुनै नोक्सानी नहुने स्पष्ट पारे।  

उनले भने ‘राप्रपाबाट आएका साथिहरूले क्रियाशिल नपाउँदा मलाई वयक्तिगतरुपमा कुनै फरक पर्दैन तर, पार्टीलाई कमजोर बनाउँछ।’ मोरङका कार्यकर्ताको सदस्यता नआउनुमा पार्टीका सह महामन्त्री सुनिलबहादुर थापको पनि कमजोरी भएको कोइरालाले बताए। उनका अनुसार अन्य जिल्लाको पठाउने तर, मोरङको सदस्यता पठाउन थापालेसमेत प्रयाप्त पहल नगरेको कोइरालाको आरोप छ।  

उनले भने ‘आफ्नो जिल्लाको पठाउन लगाउनुभयो। अन्य जिल्लाको पनि आयो। तर, मोरङको पठाउने वेला किन थापाजीले अडान लिन सक्नुभएन।’ कोइरालाले राप्रपाबाट समायोजन भएर आएका नेता  कार्यकर्तालाई क्रियाशिल सदस्यताबाट बञ्चीत गर्नु गलत भएको स्पष्ट पारे।

प्रकाशित: ५ आश्विन २०७८ १०:५९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App