coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

कांग्रेस नेतृत्वमा चुनावी सरकार : शेखर कोइराला

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेसको ध्यान निर्वाचन मुखी सरकार निर्माणमा रहेको बताएका छन् । अबको निकास निर्वाचन मात्रै अन्तिम बिकल्प रहेको भन्दै कोइरालाले कांग्रेसले चुनावी सरकार निर्माणका लागि थाल्ने बताए । ‘मुलुकको निकासको अन्तिम बिकल्प भनेकै निर्वाचन हो, फलतः अब निर्वाचन मुखी सरकार निर्माण हुनुपर्छ,’ नेपाल प्रेस युनियन दाङले घोराहीमा गरेको पत्रकार सम्मेलनमा बोल्दै कोइरालाले भने ‘कांग्रेस निर्वाचन मुखी सरकारको पक्षमा छ ।’ 

यो सरकारका लागि कांग्रेसले नेतृत्व लिने र त्यसका लागि पार्टीले आवश्यक गृहकार्य गरिरहेको कोइरालाले बताए । निर्वाचन कांग्रेस नेतृत्वको सरकारका पालामा मात्रै सम्भव भएको ईतिहाँस कोट्याउँदै उनले भने ‘निर्वाचनका लागि कांग्रेस नेतृत्वको सरकार आवश्यक हो, फलतः आगामी चुनावी सरकारको नेतृत्व कांग्रेसले गर्नुपर्छ ।’

यसैगरि वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा कांग्रेस नरहेको समेत उनले बताए । संसदमा ओलीलाई टिकाउन उनको पक्षमा मतदान नगर्ने बताउँदै कोइरालाले भने ‘कांग्रेस प्रतिपक्ष पार्टी हो, कांग्रेसले बिपक्षमा मतदान गर्छ ।’ 

नेकपा माओबादी केन्द्रले वर्तमान सरकारको बिरोध गरिरहेको भएपनि उहि सरकारको समर्थन पनि गरिरहेको कोइरालाले बताए । ‘माओबादीले एमालेलाई समर्थन गरिरहेको छ,माओबादीको यो भुमिकाले पनि थप अन्यौल पैदा गराईदिएको छ,’ उनले भने ‘माओबादीले सरकारलाई दिएको समर्थन फिर्ता नलिए वर्तमान सरकार टिकिरहन्छ र मुलुक अँझै दुई बर्ष सम्म अनिर्णयको बन्दी बन्छ ।’

पार्टीको महाधिवेशनका सम्बन्धमा कोइरालाले निर्धारित समयमा महाधिवेशन नभए कांग्रेसले पनि नेकपाको अवस्था बेहोर्नु पर्ने खतरा रहेको बताए । समयमै महाधिवेशन गर्नु पर्ने कानुनी जटिलता कांग्रेस सामु रहेको भन्दै उनले भने ‘नत्र भने कांग्रेस पनि नेकपाको  जस्तै आधिकारीकता बिहिनताको अवस्थामा पुग्ने छ ।’ साथै उनले आगामी महाधिबेशनमा आँफू पार्टी सभापतिको उम्मेदवार बन्ने कोइरालाले बताए । उनले भने ‘म सभापति बाहेक अरु पदमा लड्दैन, म हुने भनेकै सभापति मात्रै हो ।’   

प्रकाशित: ४ चैत्र २०७७ ०४:०१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App