१ जेष्ठ २०७८ शनिबार

ओली सरकार जति समय टिक्छ त्यति अराजकता बढ्छ : डा कोइराला

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले ओली नेतृत्वको सरकार जति धेरै टिक्छ त्यति धेरै अराजकता बढ्ने बताएका छन्। शुक्रबार विराटनगरस्थित कोइराला निवासमा आयोजित कार्यक्रममा कोइरालाले सरकार जति समय टिक्छ त्यति अराजकता बढ्ने बताएका हुन्।

ओली र माओवादीबीच सांठगांठको आशंका छ : डा. कोइराला

‘कि आफ्नै नेतृत्वमा सरकार बनाउनुपर्‍यो कि त अरुलाई सरकार बनाउन सहयोग गर्नुपर्‍यो हैन भने ओलीसँगै मिलेर जाने भन्नुपर्‍यो’ कोइरालाले भने,‘कांग्रेस अब चुप लागेर बस्नु हुँदैन।’

कांग्रेसमा मौलाउँदो गुट, सक्रिय सदस्यमा पनि भागबन्डा

गत बुधबार दाङमा पत्रकारहरूले अब पार्टीमा रहने भूमिकाबारे सोध्दा कांग्रेस नेता डा. शेखर कोइरालाले जवाफ दिए, ‘कांग्रेसका सबै टिमसँग बसिरहेको छु ।’ उनले सो प्रसंगले कांग्रेसभित्रका जिल्लागत गुटलाई संकेत गर्छ । ‘दाङमै पनि कांग्रेसका चार/पाँच थरी समूह छन्,’ उनले भनेका थिए, ‘सबैसँग बसिरहेको छु तर कुन समूहले मलाई सहयोग गर्छ भन्ने पनि मैले बुझेको छु ।’

कांग्रेस नेतृत्वमा चुनावी सरकार : शेखर कोइराला

‘मुलुकको निकासको अन्तिम बिकल्प भनेकै निर्वाचन हो, फलतः अब निर्वाचन मुखी सरकार निर्माण हुनुपर्छ,’ नेपाल प्रेस युनियन दाङले घोराहीमा गरेको पत्रकार सम्मेलनमा बोल्दै कोइरालाले भने ‘कांग्रेस निर्वाचन मुखी सरकारको पक्षमा छ ।’

मध्यावधि निर्वाचनको विकल्प छैन: शेखर कोइराला

डा.कोइरालाले अबका गतिविधि र कार्यक्रम चुनावमुखी हुनुपर्ने बताउँदै त्यसैअनुरूप तयारी गर्न कांग्रेस कार्यकर्तालाई निर्देशन समेत दिए। उनले पर्ख र हेरको अवस्थामा वर्तमान परिस्थिति नभएको हुँदा कांग्रेसले देशलाई निकास दिन केही महत्वपूर्ण निर्णय तत्काल लिने धारणा व्यक्त गरे।

संसद् पुनःस्थापनाको विकल्प छैन : डा. कोइराला

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संसद् पुनःस्थापनाको कुनै विकल्प नरहेको दाबी गरेका छन्। ‘हामीले संविधान निर्माण गर्दा स्पष्ट शब्दमा बहुमत प्राप्त प्रधानमन्त्रीले संसद् विघटन गर्न नपाउने व्यवस्था गरेका छौं,’ उनले भने, ‘संविधानमा भएको व्यवस्था नै सर्वोच्च अदालतका न्यायाधीशहरूले व्याख्या गर्ने हो। त्यसैले अधिकार नै नभएको प्रधानमन्त्रीले कसरी संसद् विघटन गर्न सक्छन् ? त्यसैले पुनःस्थापनको विकल्प छैन।’

राष्ट्रपतिका कारण देश संकटमा : डा. कोइराला

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले राष्ट्रपतिले आफ्नो मर्यादा र गरिमा बिर्सेर नेकपा भित्रको एउटा गुटको भूमिका निर्वाह गर्दा मुलुक संकटमा फसेको आरोप लगाए। देशलाई संकटबाट जोगाउन न्यायकामूर्तिहरूले कसैको प्रभावमा नपरेर विवेक पूर्ण निर्णय गर्ने उनको विश्वास छ।

अस्तिसम्म मोदीले मलाई हटाउन खोज्यो भन्ने ओली अहिले किन चुप : डा. शेखर कोइराला

उनले आफू कमजोर भएपछि अन्य छिमेकी देशको जिम्मेवारी देखाउने प्रवृति पनि ओली हाबी भएको बताएका छन्। उनले भने,'छिमेकी राष्ट्रहरुलाई गलत देखाउनु भन्दा आफ्नो गल्तीलाई स्वीकार गर्दै छिमेकी राष्ट्रहरुको इच्छालाई आत्मसात गर्नु पर्छ र आफू पनि अघि बढ्दै जानु उपयुक्त हुन्छ।'

सभापति पद कसैले छाडेर होइन, जितेर लिन चाहन्छु

पहिलो, धर्म निरपेक्षताको परिभाषा गर्दै सनातनदेखी चलिआएको धर्म संस्कृतिको रक्षा गर्ने भनेको छ। दोस्रो, गाई हाम्रो राष्ट्रिय जनावर भनेर किटान गरेको छ। तेस्रो, प्रलोभनमा पारेर धर्म परिवर्तन गराउँन पाइँदैन यसो गरेमा दण्डित गरिनेछ भनेर भनिएको छ। अब हामी संविधानमा उल्लेख भएका कुरालाई टेकेर अगाडि बढ्ने हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्