१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

राष्ट्रपतिको मिलेमतोमा प्रधानमन्त्रीले सत्ताकब्जाको प्रयास गरिरहेका छन्: कोइराला

नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा. शेखर कोइरालाले राष्ट्रपतिको मिलेमतोमा प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता कब्जाको प्रयास गरिरहेको  आरोप लगाएका छन्। शनिबार विराटनगर स्थित कोइराला निवासमा पत्रकारहरूसँग कुरा गर्दै कोइरालाले राष्ट्रपतिको मिलेमतोमा प्रधानमन्त्रीले सत्ताकब्जाको प्रयास गरिरहेको आरोप लगाएका हुन्।  

कोइरालाले भने‘प्रधानमन्त्री आफू सर्बेसर्व भएर सत्ताकव्जा गरी एकतन्त्रीय शासन लगाएर अगाडि बढ्न खोजिरहेका छन्। कोइरालाले सत्ताकब्जा गरेर घोषणा गरिने निर्वाचनको कुनै औचित्य नभएकाले कात्तिक र मंसिरमा घोषणा गरिएको निर्वाचन हुने आधार र संभावना नभएको  स्पष्ट पारे। उनले भने‘सत्ता कब्जा गरेर घोषणा गरिएको निर्वाचन स्वतन्त्र र निश्पक्ष नहुने भएकाले कात्तिक र मंसिरमा निर्वाचन हुने कुनै आधार र संभावना देखिंदैन।’  

कोइरालाले हालका प्रधानमन्त्री र राष्ट्रपति पदमा रहुन्जेल निर्वाचन हुन नसक्ने ठोकुवा गरे। कोइरालाले राष्ट्रपतिले पदको मर्यादालाईसमेत ख्याल नगरेको टिप्पणी गरे। उनले पहलेदेखि नै राष्ट्रपतिले संविधानलाई च्यातेर संविधानको मर्म विपरितका कामहरू गरिरहेको बताए।  

कोइरालाले भने‘शुक्रबारको कदमले राष्ट्रपति संविधानको संरक्षकै नरहेको स्पष्ट भइसक्यो ।’ कोइरालाले ओलीको नेतृत्वमा निर्वाचन आफूहरूलाई स्वीकार्य नहुने स्पष्ट पार्दै ओलीबाट निश्पक्ष निर्वाचन हुन सक्दैन भनेर अन्तराष्ट्रिय समुदायलाई पनि सम्झाउने बताए।

प्रकाशित: ८ जेष्ठ २०७८ ०७:२१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App