९ आश्विन २०८१ बुधबार
image/svg+xml

भारतमा कोरोनाको जोखिम बढ्दै, प्रदेश २ को सीमा नाकामा उच्च सतर्कता

छिमेकी मुलुक भारतमा कोरोनाको सङ्क्रमण पुनः बढदै गएपछि रोकथामका लागि प्रदेश नं २ का आठ जिल्लामा रहेका सीमा नाकामा उच्च सतर्कता अपनाइएको छ।

कोरोनाको सङ्क्रमण बढेपछि भारतमा फेरि नयाँ निर्देशिका जारी

अघिल्लो हप्तादेखि नयाँ सङ्क्रमितहरूको सङ्ख्यामा एकाएक तीव्र वृद्धि हुँदै आएको तथ्याङ्कमा देखिएको छ। नयाँ निर्देशिका मङ्गलबार जारी गरिएको भए पनि लागू भने अप्रिदेखि मात्रै हुने सरकारी अधिकारीहरूले जानकारी दिएका छन्।

आफू २१ वर्षदेखि बिनाबिदा क्रियाशील रहेको प्रधानमन्त्री मोदीको दाबी

भारतीय जनता पार्टी (भाजपा) को मङ्गलबार बसेको बैठकमा बोल्ने क्रममा उनले आफू गुजरातको मुख्यमन्त्री भएदेखि अहिलेसम्म कहिल्यै बिदा नलिई काम गरिरहेको बताएका हुन्। उनले आफूले झैँ बिनाबिदा जनताको सेवामा निरन्तर क्रियाशील हुन सांसदहरुलाई पनि निर्देशन दिएको केन्द्रीय मन्त्री अर्जुन राम मेघवालले जानकारी दिए।

नेपाली युवा भारतको चलचित्र नगरी मुम्बईमा प्रतिस्पर्धा गर्दै

विराटनगर महानगरपालिका–१० निवासी मोहनकुमार रौनियारका ३० वर्षीय छोरा अमित रौनियार भारतको चलचित्र नगरी मुम्बईमा आफ्नो स्थान बनाउन सफल भएका छन्।

भारतमा कोरोना संक्रमित र मृतकको संख्या बढ्दै, एकैदिन ४७ हजार जना संक्रमित

गत २४ घण्टामा कोरोना संक्रमितको यो सङ्ख्या यसवर्ष सुरु भएयताको नै सब भन्दा बढी हो। यस अवधीमा कोरोना संक्रमणबाट २ सय १२ जनाको मृत्यु भएपछि यहाँ कूल मृतकको सङ्ख्या एक लाख ५९ हजार ९ सय ६७ जना पुगेको सोमबार सो मन्त्रालयले जनाएको छ।

बंगलादेशमा भारतीय प्रधानमन्त्री मोदी भ्रमणको विरोध

शुक्रबारको प्रार्थनापछि सुरक्षाको बीचमा ५ सय जना मुस्लिम ढाकास्थित बेतुल मोकर्रम मस्जिद बाहिर बाहिरको सडकमा गएर विरोध प्रदर्शन गरेका थिए। आन्दोलनकारीहरूले आफ्ना जुत्ताहरू हातमा लिएर मोदीलाई अनादर देखाएका थिए। उनीहरूले ढाका नआउनू भनेर भारत र मोदी विरोधी नारा लगाएका थिए।

४० वर्षदेखि परिवारबाट टाढा रहेका तिम्सिना भन्छन्ः आमालाई भेट्न आतुर छु

चालीस वर्ष भारतको कोलकातास्थित दमदम जेलमा बिना सुनुवाइ बिताएका इलामको माई नगरपालिका–१० का ६१ वर्षीय दुर्गाप्रसाद तिम्सिना काँकडभिट्टा आइपुगेका छन्। कोलकाता उच्च अदालतका न्यायाधीशद्वय ठोटविल बी राधाकृष्णन् र अनिरुद्र रोयको आदेशमा काकाका छोरा प्रकाशचन्द्र तिम्सिनाको रोहवरमा शनिबार उनलाई दमदम कारागारले रिहा गरिदिएको थियो।

भारतमा दैनिक सङ्क्रमितको सङ्ख्यामा पुन: वृद्धि

केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले भारतमा अहिलेसम्म कुल एक करोड १५ लाख ५५ हजार २८४ जना कोरोना भाइरसबाट सङ्क्रमित भएको जनाएको छ। ती मध्ये दुई लाख ८८ हजार ३९४ जना अझै पनि सङ्क्रमित रहेको मन्त्रालयको तथ्याङ्क छ।

बोर्डर नखुल्दा रोकिए भारतीय पर्यटक

केही दिनअघि पश्चिमाञ्चल होटल संघ पश्चिम नेपालका ठूला सहरमा ‘जाउँ है पोखरा’ अभियान लिएर पुग्यो। नेपालगन्ज, धनगढी, महेन्द्रनगर र बर्दियामा अभियान चलाउँदै आन्तरिक पर्यटकलाई पोखरा बोलाउने खास उद्देश्य संघको थियो। त्यो अभियानका क्रममा आन्तरिक पर्यटक प्रवद्र्धनको भन्दा पनि बढी भारतीय पर्यटक नेपाल आउन नपाएको विषयमा चर्चा भयो।

दोस्रो खेप दिन सेरमको आनाकानी

भारतीय खोप निर्माता कम्पनी सेरम इन्स्टिच्युटले नेपालले कोरोनाविरुद्ध खरिद गरेको खोपमध्ये दोस्रो खेप उपलब्ध गराउन आनाकानी गरेको छ। सरकारले सेरमसँग २० लाख कोरोना खोप खरिद गरेको थियो। त्यसमध्ये १० लाख खोप समयमा दिएको सेरमले बाँकी दिन आनाकानी गरेको हो। भारत सरकारको सहयोगकै कारण नेपालमा कोरोना खोप लगाउने वातावरण बनेको थियो।

बोर्डर नखुल्दा रोकिए भारतीय पाहुना

पाहुनाविहीन अवस्थामा पनि होटलको ढोका खोेलेका व्यवसायीले यो बेला भारतीय पाहुना भित्रिने आँकलन गरेका थिए । व्यवसायीको आँकलन मात्र नभई भारतीय पाहुना यतिखेर नेपाल आउन चाहेका पनि छन, तर उनीहरुलाई निर्धक्क नेपाल भित्रिन दिनेगरि बोर्डर नखुल्दा आउन नसकेको व्यवसायीको गुनासो छ ।

‘नेपालले छिट्टै विद्युत् निर्यात गर्छ’

भारतका विदेश सचिव हर्षवद्र्धन श्रींगलाले नेपालले निकट भविष्यमा विद्युत निर्यात सुरु गर्ने विश्वास व्यक्त गरेका छन्। बुधबार भारतीय संस्था ‘रिचर्स एण्ड इन्फरमेसन सिस्टम फर डेभलपिङ कन्ट्रिज’ ले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन्।

अभिनेता मिथुन चक्रवर्ती भारतीय जनता पार्टीमा प्रवेश

बलिउड अभिनेता मिथुन चक्रवर्ती भारतीय जनता पार्टी (बीजेपी) मा प्रवेश गरेका छन्। लामो समयसम्म चलचित्र क्षेत्रमा राजनेताको भूमिका निर्वाह गरेर प्रशंसा पाएका उनी कोलकातामा आयोजित र्‍यालीमा बीजेपीमा आबद्ध भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्।

कञ्चनपुरमा मारिएका भारतीय युवकको शव आफन्तलाई बुझाइने

लागुऔषध र नक्कली नोट बनाउने मेसिनसहित नेपाल भित्रिएका भारतको पिलिभित जिल्ला ग्राम भूमिदान राघवपुरी थानाका २० वर्षीय गोविन्दा सिंहको दोहोरो भिडन्तमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले जानकारी दिए।

प्रहरीको गोली लागेर भारतीय तस्करको मृत्यु (अपडेट)

कंचनपुरको बैलौरी नगरपालिका वडा नम्वर ८ मा लागु औषधको तस्करी गर्नमा सक्रिय भारतिय एक युवकको बिहिवार साँझ प्रहरीको गोली लागेर मृत्यु भएको छ । बिहिवार साँझ प्रहरीले चलाएको गोली लागेर भारतको जिल्ला पिलभित ग्राम भुमीदान राघवपुरी थाना हजारा वस्ने २० बर्षिय गोविन्दा सिंहको मृत्यु भएको प्रहरीले बताएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्