८ वैशाख २०८१ शनिबार
कला

अभिनेता मिथुन चक्रवर्ती भारतीय जनता पार्टीमा प्रवेश

बलिउड अभिनेता मिथुन चक्रवर्ती भारतीय जनता पार्टी (बीजेपी) मा प्रवेश गरेका छन्। लामो समयसम्म चलचित्र क्षेत्रमा राजनेताको भूमिका निर्वाह गरेर प्रशंसा पाएका उनी कोलकातामा आयोजित र्‍यालीमा बीजेपीमा आबद्ध भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्।  

पश्चिम बंगाल विधानसभा चुनावको पूर्वसन्ध्यामा मिथुन प्रधानमन्त्री नरेन्द्र मोदी उपस्थित र्‍यालीमा पार्टी प्रवेश गरेका हुन्। कुनै समय प्रणव मुखर्जीलाई समर्थन गर्दै चुनावी र्‍यालीमा हिँडेका मिथुन सन् २०११ मा पश्चिम बंगालमा कम्युनिस्ट सरकार ढलेसँगै तृणमूल कंग्रेस (टीएमसी) सँग नजिकिएका थिए।

यसलाई सबैभन्दा ठूलो यूटर्नको रुपमा समेत हेरिएको छ। यद्यपी उनको राजनीतिसँगको सम्बन्ध कुनै नयाँ होइन। टीएमसी अध्यक्ष तथा पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले उनलाई टीएमसी कोटाबाट राज्यसभा पठाएकी थिईन् तर उनी चाँडै नै राजनीतिको सीमाबाट बाहिर निस्किए। उनले संसदको सदस्यता छोडिदिए। अब भने एकपटक पुनः राजनीतिमा प्रवेश गर्ने तयारीमा रहेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्।  

कोलकाताको र्‍यालीमा सहभागी भएपछि एनडीटीभीसँगको कुराकानीमा मिथुनले आफूले बीजेपीमा प्रवेश गरे पनि आफूलाई नेता नभन्न आग्रह गरेका थिए। उनले कुराकानीमा भनेका थिए, ‘म नेता होइन। मलाई बीजेपी नेता नभन्नुस्। म यति मात्र भन्छु कि मेरो एकजना हुनुहुन्छ। मैले उहाँसँग कुरा गरेको छु ’ उनले एउटा नेता भने प्रधानमन्त्री मोदीलाई संकेत गरेका थिए। उनले अगाडि भने, ‘उहाँ मप्रति निकै खुला हुनुहुन्छ। उहाँले मसँग १५ मिनेट बिताउनुभयो। र उनले भने ‘यो सरकार सबैको सरकार हुनेछ। यसको अर्थ हामीले सबैलाई समान रुपले व्यवहार गर्नेछौँ।’

त्यस्तै उनले अहिले पश्चिम बंगालको राजनीतिक अवस्था भद्रगोल रहेको पनि टिप्पणी गरे। उनले ६ महिनामा बंगालमा सबै ठीकठाक अवस्थामा फर्किने पनि दाबी गरे। उनले आफू पूर्वमुख्यमन्त्री ज्योति बसुको प्रशंसक रहेको उल्लेख गर्दै भने, ‘म कसैलाई पनि आरोप लगाउन चाहन्नँ। नागरिकका पक्षमा सधैँ काम गर्ने ज्योति बसुको म प्रशंसक हुँ। मैले प्रणव मुखर्जीका लागि प्रचार गरेँ। मैले विलासराव देशमुखका लासग पनि प्रचार गरेँ। तर म कहिल्यै पनि राजनीतिक भइनँ। त्यसैले म भन्छु, मलाई एउटै भाँडोमा राखेर नहेर्नुस्।’

प्रकाशित: २५ फाल्गुन २०७७ ०२:४५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App