२३ वैशाख २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

बंगलादेशमा भारतीय प्रधानमन्त्री मोदी भ्रमणको विरोध

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको बंगलादेशको भ्रमणलाई लिएर त्यहाँका नागरिकले विरोध जनाएका छन्। मोदी ५०औँ स्वतन्त्र दिवसमा सहभागी हुनका लागि आउँदो शुक्रबार बंगलादेश जाने कार्यक्रम तय गरेका मोदीविरुद्ध त्यहाँका मुस्लिम समुदाय र विद्यार्थीले बंगलादेशको राजधानीमा विरोध प्रदर्शन गरेका हुन्।  

मोदी २६ मार्च ढाका आइपुग्ने छन्। १९७१ मा बंगलादेशले आफूलाई पाकिस्तानबाट स्वतन्त्र घोषणा गरेको थियो। जुन बंगलादेशले आफ्नो स्वतन्त्रता दिवसका रूपमा मनाउँछ। भारतको सहयोगमा बंगलादेश नौ महिनाको रक्तपातपूर्ण युद्धपछि नयाँ राष्ट्रको रूपमा देखा परेको थियो।  

शुक्रबारको प्रार्थनापछि सुरक्षाको बीचमा ५ सय जना मुस्लिम ढाकास्थित बेतुल मोकर्रम मस्जिद बाहिर बाहिरको सडकमा गएर विरोध प्रदर्शन गरेका थिए। आन्दोलनकारीहरूले आफ्ना जुत्ताहरू हातमा लिएर मोदीलाई अनादर देखाएका थिए। उनीहरूले ढाका नआउनू भनेर भारत र मोदी विरोधी नारा लगाएका थिए।

यसबाहेक, झण्डै २०० वटा झुकाव भएका विद्यार्थी कार्यकर्ता ढाका विश्वविद्यालय परिसरमा सडकमा हिंडे र उनीहरूले मोदीलाई 'गुजरातका कसाई' भनेका थिए। केही प्रदर्शनकारीहरूले 'गो ब्याक मोदी', 'गो व्याक इंडिया' र 'ज्यानमारा मोदी  गो व्याक' भन्ने पोस्टर बोकेका थिए।

सन् २००२ मा गुजरातको पश्चिम राज्यमा हिन्दु-मुस्लिम आन्दोलनमा परी एक हजारभन्दा बढीको मृत्यु भएको थियो। त्यसबेला मोदी त्यहाँका मुख्यमन्त्री थिए। ठूलो संख्यामा नरसंहार हुँदा पनि मोदीले घटनालाई बढावा दिएको आरोप थियो। सुप्रिम कोर्टले उनीमाथि अभियोग लगाउन प्रमाण नभएको पुष्टि गरेको थियो।  

मोदीलाई बोलाएकोमा प्रदर्शनकारीले बंगलादेशी प्रधानमन्त्री शेख हसिनाको पनि आलोचना गरेका छन्। उनीहरुले दुई देशबीच धेरै विवादित विषयहरु रहेका बताएका छन्। भारतमा मोदी र हिन्दु राष्ट्रवादी पार्टीले मुस्लिममाथि थिचोमिचो गर्ने गरेको उनीहरुको आरोप छ।

कोरोनाभाइरस महामारी सुरू भए पछि मोदीको बंगलादेश भ्रमण पहिलो विदेश यात्रा हो। उनी ढाका बाहिरको ठाउँमा यात्रा गर्ने छन् जुन भारतको पश्चिम बंगाल राज्यको मतुआ समुदायको लागि पवित्र छ। मातुआ हिन्दू धार्मिक गुट हो जुन अर्को महिनाको भारतीय राज्यको विधानसभा चुनावमा कम्तिमा ७ वटा निर्वाचन क्षेत्रको विजेता निर्धारण गर्ने आशा गरिन्छ।

प्रकाशित: ८ चैत्र २०७७ १०:०४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App