coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

भारतमा दैनिक सङ्क्रमितको सङ्ख्यामा पुन: वृद्धि

भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्यामा फेरि तीव्र वृद्धि हुँदै गएको छ। सरकारी अधिकारीहरुले शनिबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा ४० हजार ९ सय ५३ जना सङ्क्रमित भएका छन्।  

सोही अवधिमा २३ हजार ६५३ जना सङ्क्रमण मुक्त भएका छन्। सङ्क्रमणमुक्त भएकाहरुको भन्दा थप सङ्क्रमितहरुको सङ्ख्या झण्डै दोब्बर भएकाले महामारी थप फैलिदै गएको देखिएको छ।

केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले भारतमा अहिलेसम्म कुल एक करोड १५ लाख ५५ हजार २८४ जना कोरोना भाइरसबाट सङ्क्रमित भएको जनाएको छ। ती मध्ये दुई लाख ८८ हजार ३९४ जना अझै पनि सङ्क्रमित रहेको मन्त्रालयको तथ्याङ्क छ।  

भारतमा कोरोना भाइरसबाट सङ्क्रमित भएका मध्ये एक लाख ५९ हजार ५५८ जनाको मृत्यु भएको छ। ती मध्ये १८८ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो। कोरोना भाइरसबाट महाराष्ट्र प्रदेश सवैभन्दा बढी प्रभावित भएको छ। महाराष्ट्रमा मात्रै पछिल्लो २४ घण्टामा १३ हजार ६०१ जना सङ्क्रमित भएका छन्। सोही अवधिमा ५८ जनाको मृत्यु भएको छ।

प्रकाशित: ८ चैत्र २०७७ ०१:५६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App