९ आश्विन २०८१ बुधबार
image/svg+xml

बम राखिएको हल्लापछि बिहीबार ताजमहल बन्द

यहाँका स्थानीय सञ्चारमाध्यमहरुले सो समाचारपछि बिहीबार बिहानदेखि अहिलेसम्म बन्द गराइएको बताएका छन्। साथै सो ताजमहलभित्र रहेका विभिन्न विदेशी तथा स्वदेशी पर्यटकलाई बाहिर निस्किन स्थानीय सुरक्षा अधिकारीहरुले सूचना जारी गरेका छन्।

भारतसँग जोडिएका नाका सञ्चालनमा नआउँदा समस्या

शिवनाथ गाउँपालिकाको नागार्जुन घाट र कुस्मौद घाट तथा पञ्चेश्वर गाउँपालिकाको बलारघाट, ढोयाघाट, रोलघाट, डिम्बरघाट, पञ्चेश्वर घाट, विनायक घाट र धरमघाट बन्द अवस्थामा छन्। घाट बन्द हुँदा भारत जानका लागि दुई दिन लगाएर झुलाघाट नाका भएर जानुपर्ने अवस्था छ।

भारतले तीन सम्पदा पुनर्निर्माणमा सघाउने

काठमाडौंस्थित भारतीय राजदूतावासको विकास साझेदारी तथा पुनर्निर्माण प्रभागका प्रमुख र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको केन्द्रीय परियोजना कार्यान्वयन एकाइ (भवन) का परियोजना निर्देशकले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।

भारतमा एक करोड ११ लाख भन्दा बढी कोरोना सङ्क्रमित

भारतमा गत जनवरी १६ देखि कोभिड–१९ विरुद्धको खोप कार्यक्रम सुरु भएको छ। सो दिनदेखि शुक्रबारसम्म एक करोड ५६ लाख भन्दा बढी व्यक्तिले खोप लगाइसकेका छन्। कोरोना भाइरसविरुद्ध खोप लगाउनेमा प्रायःस्वास्थ्यकर्मी र प्रत्यक्ष रुपमा सार्वजनिक क्रियाकलापसँग सम्बन्धित व्यक्तिहरु रहेका छन्।

नेपालमा लगानी गर्न भारतीय व्यवसायी उत्सुक

भारतीय उद्योगी, व्यवसायी नेपालमा लगानी गर्न इच्छुक रहेको एस ट्र्याक्टर तथा कन्सट्रक्सन इक्विपमेन्टका सिओओ अशोक अनन्थरमनले बताए। ‘भारत नेपालको सबैभन्दा ठूलो व्यापारिक साझेदार र वैदेशिक लगानीको ठूलो स्रोत हो,’ उनले भने, ‘नेपालमा अझै भारतीय लगानी तीव्रत्तर रूपमा बढ्छ।

भारतीय प्रधानमन्त्री मोदीले लगाए कोरोनाविरुद्धको खोप

प्रधानमन्त्री मोदीले भारत बायोटेकको 'कोभ्याक्सिन' खोप लगाएका हुन्। कोभ्याक्सिन नामको यो खोप भारतकाे बायोटेक कम्लेपनीले भारतीय चिकित्सा अनुसन्धान परिषद र नेशनल ईन्स्टिच्युट अफ भाइरोलजीको सहयोगमा उत्पादन गरेको हो।

भारतमा बुधबार मात्र थप १६ हजारमा कोरोना संक्रमण

भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बुधबारसम्म एक करोड १० लाख ४६ हजारभन्दा बढी पुगेको छ। विगत २४ घण्टाको अवधिमा भारतमा १६ हजार ७ सय३८ नयाँ सङ्क्रमित फेला परेपछि कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड १० लाख ४६ हजार ९ सय१४ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बिहीबार जनाएको छ।

भारतमा कोभिड–१९ सङ्क्रमितको संख्या एक करोड १० नाघ्यो

भारतमा गत २४ घण्टामा कोरोना सङ्क्रमणको कारण ८३ जनाको मृत्यु भएपछि कोरोनाभाइरसबाट मृत्यु हुनेको सङ्ख्या एक लाख ५६ हजार ३ सय८५ जना पुगेको छ।

भारत सरकारले दिवंगत अभिनेता सुशान्त सिंहको नाममा राष्ट्रिय अवार्ड दिँदै

गत वर्षको जुन १४ मा सुशांत सिंह राजपूतले आत्महत्या गरेका थिए। यद्यपी उनको आत्महत्याको कारण भने अझै पनि खुल्न सकेको छैन। उनको बारेमा बायोपिक फिल्म बनाउने भनिए पनि त्यसले निरन्तरता पाउन समेत नसकेको भारतीय समाचारमा उल्लेख छ।

भारतको अनुदानमा बन्ने स्कुलको शिलान्यास

भारत सरकारको अनुदानमा पुनर्निर्माण हुने काठमाडौंको कागेश्वरीस्थित कान्तिभैरव माध्यमिक विद्यालय भवनको शिलान्यास गरिएको छ। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुशील ज्ञवाली र भारतीय राजदूतावासकी मिसन उपप्रमुख नामग्या खम्पाले संयुक्त रूपमा शिलान्यास गरेका हुन्।

भारतसँगका नाका नखुल्दा सीमा क्षेत्रका व्यवसायी सङ्कटमा

सरकारले गत वर्षको चैत ११ गते बन्दाबन्दी घोषणा गरेसँगै सीमा नाका बन्द भए। त्यसको तीन महिनापछि बन्दाबन्दी खुल्यो तर नाका खुलेन।

त्रिपुराका मुख्यमन्त्रीको अभिव्यक्तिबारे नेपालको आपत्ति

भारतको त्रिपुराका मुख्यमन्त्री विप्लव कुमार देवले नेपालबारे दिएको अभिव्यक्तिको विषयमा नेपालले ध्यानाकर्षण गराएको छ।

भारतमा कारोना संक्रमितको संख्या एक करोड १० लाख पुग्यो

भारतमा हाल सक्रिय संक्रमितको संख्या एक लाख ३९ हजार रहेको छ भने एक करोड ६ लाख व्यक्ति संक्रमणमुक्त भइसकेका छन्। विगत तीन दिनदेखि भारतमा सक्रिय संक्रमितको संख्या पुनः बढ्न थालेको मन्त्रालयले जनाएको छ।

हिमपहिरोमा परेकामध्ये ५० जनाको शव भेटियो

भारतको उत्तराखण्डमा आएको हिमपहिरोमा परी बेपत्ता भएकामध्ये ५० जनाको शव भेटिएको छ। भेटिएका शवमध्ये अहिलेसम्म २५ जनाको मात्रै पहिचा नभएको स्थानीयप्रहरी अधिकारीहरूले आइतबार जानकारी दिएका छन्।

भारतसँगको व्यापारमा नयाँ आयाम

नेपालको दक्षिणी मुलुक भारतसँगको कुल व्यापारमा सबैभन्दा धेरै अंश जोडिएको नाका हो वीरगन्ज । दुई मुलुकबीचको व्यापारिक गतिविधिलाई सहजिकरण गर्न वीरगन्ज नाकामा सरकारले दुई प्रमुख पूर्वाधार बनाएर संचालनमा ल्याएको छ । समयक्रमसँगै ती पूर्वाधारहरू साना, साघुँरा र सूचना प्रविधिमैत्री नभए पछि सरकारले फेरी पूर्वाधार विस्तार गर्ने योजना बनाएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्