१५ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

भारतमा एक करोड ११ लाख भन्दा बढी कोरोना सङ्क्रमित

भारतमा गत २४ घण्टामा १४ हजार ९ सय ८९ जना कोरोना सङ्क्रमित थपिएपछि कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड ११ लाख ३९ हजार पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बुधबार जनाएको छ।  

भारतमा गत २४ घण्टामा कोरोना सङ्क्रमणको कारण ९८ जनाको मृत्यु भएपछि भारतमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या एक लाख ५७ हजार ३ सय ४६ जना पुगेको छ। हाल भारतमा एक लाख ७० हजारभन्दा बढी सक्रिय सङ्क्रमित रहेका छन् भने एक करोड आठ लाख १२ हजारभन्दा बढी कोराना मुक्त भएका छन्।  

भारतमा गत जनवरी १६ देखि कोभिड–१९ विरुद्धको खोप कार्यक्रम सुरु भएको छ। सो दिनदेखि शुक्रबारसम्म एक करोड ५६ लाख भन्दा बढी व्यक्तिले खोप लगाइसकेका छन्। कोरोना भाइरसविरुद्ध खोप लगाउनेमा प्रायःस्वास्थ्यकर्मी र प्रत्यक्ष रुपमा सार्वजनिक क्रियाकलापसँग सम्बन्धित व्यक्तिहरु रहेका छन्।  

यसैबीच, सरकारले देशका विभिन्न भागमा कोभिड–१९ परीक्षणलाई तीव्रता दिने बताएको छ। भारतीय स्वास्थ्य अनुसन्धान परिषद्ले मङ्गलबारसम्म देशभर २१ करोड ८४ लाख ३२ हजारको हाराहारीमा नमूना परीक्षण गरेको छ। मङ्गलबार एकै दिनमा मात्र सात लाख ८५ हजार २२० जना व्यक्तिको कोभिड–१९ परीक्षण गरेको जनाइएको छ।

भारतमा गत सोमबारबाट ६० वर्षभन्दा बढी उमेरका व्यक्तिलाई खोप लगाइने कार्यक्रम सुरु भएको छ। त्यसैगरी दिर्घरोगी छन् भने ४५ वर्ष माथीकालाई पनि कोरोना भाइरसविरुद्धको खोप शुरु गरिएको अधिकारीको भनाइ छ।

प्रकाशित: २० फाल्गुन २०७७ ०१:५२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App