८ वैशाख २०८१ शनिबार
अर्थ

भारतले तीन सम्पदा पुनर्निर्माणमा सघाउने

भारत सरकारले २०७२ सालको भूकम्पबाट ललितपुर र सिन्धुपाल्चोक जिल्लामा क्षतिग्रस्त सम्पदाको पुनर्निर्माण गर्न २४ करोड ६० लाख रूपैयाँ आर्थिक सहयोग गर्ने भएको छ।

काठमाडौंस्थित भारतीय राजदूतावासको विकास साझेदारी तथा पुनर्निर्माण प्रभागका प्रमुख र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको केन्द्रीय परियोजना कार्यान्वयन एकाइ (भवन) का परियोजना निर्देशकले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।  

सम्झौता भएका तीन सांस्कृतिक सम्पदा परियोजनामा ललितपुरस्थित ज्येष्ठ वर्ण महाविहार तथा सिन्धुपाल्चोकस्थित सुलिइयाङ गुम्बा र शेरमाथाङ गुम्बा छन्। भारत सरकारले ती सम्पदा पुनर्निर्माणको लागि २४ करोड ६० लाख रूपैयाँ उपलब्ध गराउनेछ। 

भारतले नेपालका आठ जिल्लामा २८ वटा ऐतिहासिक तथा सांस्कृतिक सम्पदा संरक्षण र पुनर्निर्माणको लागि पाँच अर्ब ८० करोड रूपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाएको थियो। भारत सरकारको पुनर्निर्माण अनुदान कार्यक्रम अन्तर्गतका २८ सम्पदामध्ये हालसम्म ६ वटाको पुनर्निर्माण ठेक्का सम्झौता भइसकेको भारतीय दूतावासले जनाएको छ।

प्रकाशित: २० फाल्गुन २०७७ ०३:४२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App