९ आश्विन २०८१ बुधबार
image/svg+xml

विज्ञान प्रविधिमा भारत र चीनको डंका : निरीह नेपाल

केही दिनपहिले सोसियल मिडियामा भारतीय जनता पार्टी समर्थित एउटा समूहले थालमाथि बलिरहेको दियो र सँगै एउटा सिरिन्जको फोटो साझा गर्दै लेखेको थियो– हामी थालमा दियो मात्र बाल्दैनौँ, संसारलाई कोभिडविरुद्धको भ्याक्सिन पनि दिन्छौँ । सो फोटोले गत वर्ष प्रधानमन्त्री नरेन्द्र मोदीले थाल ठटाएर र बत्ती बालेर कोरोना भाइरस भगाउन गरेको आह्वानमाथि गरिएको कटाक्षको जवाफ दिन खोजेको आभास हुन्छ ।

तल्लो अरूण भारतीय एसजेबिएन कम्पनीलाई

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार सम्पन्न लगानी बोर्डको ४६औं बैंठकले सो आयोजना निर्माणको जिम्मा भारतीय सरकारी स्वामित्वको सतलज जलविद्युत् निगम लिमिटेड (एसजेबिएन) लाई दिने निर्णय गरेको हो।

काठमाडौंमा भारतीय गणतन्त्र दिवस मनाइयो

भारतको ७२औं गणतन्त्र दिवसको अवसरमा काठमाडौंमा एक कार्यक्रम आयोजना गरी मनाइएको छ । काठमाडौंस्थित भारतीय दूतावासमा मनाइएको कार्यक्रम नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले झन्डोत्तोलन गरी भारतको राष्ट्रिय झण्डा फहराएर सुरु गरेका थिए ।

पेट्रोलियम पाइपलाइनः एउटा सञ्चालन, अर्कोको तयारी

नेपाल र भारतबीच पेट्रोलियम पाइपलाइन बनाउने विषय डेढ दशकदेखि उठे पनि लामो समयसम्म त्यसले मूर्त रूप लिन सकेन। नेपाल सक्दो छिटो पाइपलाइन बनाउन चाहन्थ्यो, भारतको नीति भने ठीक उल्टो देखिन्थ्यो। नेपालमा २०७२ को विनाशकारी भूकम्प र त्यसपछिका घटनाक्रमले भारत आफैं पाइपलाइन बनाउन अगाडि सर्‍यो।

संकटका बेला साथ

नेपालीमा एउटा भनाइ छ, ‘जतिसुकै विवाद किन नहोस्, संटकका बेला सघाउने पहिलो छिमेकी नै हुन्छ।’ यो भनाइ व्यक्ति वा समाजका हकमा मात्र नभएर मुलुकहरूका बीचमा पनि लागु हुन्छ। त्यसको एउटा उदाहरण हो नेपाल–भारत सम्बन्ध।

साताभित्र भारतबाट खोप आउने

भारतले निःशुल्क दिन लागेको कोभिड–१९ विरुद्धको खोप एक साताभित्र आइपुग्ने स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले जनाएको छ। नेपालमा ‘कोभासिल्ड’ नामको खोपले अनुमति पाइसकेको र त्यही खोप भारतबाट आउन लागेको महाशाखाले जनाएको हो।

सहज सम्बन्ध

भ्रमणका क्रममा केकस्ता विषयमा छलफल भए र केकस्ता उपलब्धि भए भन्ने कुरालाई हेर्नैपर्ने हुन्छ । त्यसमाथि आन्तरिक राजनीतिमा देखिएको विवादलाई अन्तर्राष्ट्रिय सम्बन्धमा लगेर जोड्नु कुनै हिसाबले पनि जायज हुँदैन ।

कोभिड भ्याक्सिनमा भारतले सघाउने

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपालमा तत्काल आवश्यक पर्ने कोभिड भ्याक्सिनको पूर्तिका लागि भारत तयार रहेको बताएका छन्।

नेपाल–भारत संयुक्त आयोग बैठकः बहुपक्षीय सहयोग र सीमा विवादमा केन्द्रित

नेपाल–भारत संयुक्त आयोगको छैटौं बैठक शुक्रबार भारतको नयाँदिल्लीमा सम्पन्न भएको छ। भारत भ्रमणमा रहेका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र उनका भारतीय समकक्षी एस जयशंकरको अध्यक्षतामा हैदराबाद हाउसमा बसेको संयुक्त आयोगको बैठकमा दुई देशबीच बहुपक्षीय सहयोगका सबै क्षेत्रमा बृहत छलफल र समीक्षा गरियो।

परराष्ट्रमन्त्री ज्ञवाली भारत भ्रमणमा

भारतीय समकक्षी एस जयशंकरसँग हुने बैठकमा दुईपक्षीय व्यापार, पारवहन, ऊर्जा, सीमा विवाद, कोभिड–१९ विरुद्ध सहकार्य, पूर्वाधार, कनेक्टिभिटी, लगानी, कृषि, पर्यटन र संस्कृतिलगायत विषयमा छलफल हुने जनाइएको छ। भ्रमण क्रममा मन्त्री ज्ञवालीले उच्चस्तरीय भेटघाट पनि गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ।

भारतमा यस्तो छ परराष्ट्रमन्त्री ज्ञवालीको कार्यक्रम

परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवाली ३ दिने औपचारिक भ्रमणका लागि आज नयाँ दिल्ली प्रस्थान गरेका छन्।

परराष्ट्रमन्त्रीको भारत भ्रमणः महत्वपूर्ण सम्झौता नगर्न सुझाव

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली भारत भ्रमणका लागि बिहीबार त्यसतर्फ जाँदैछन् । कतिपय जानकारले मन्त्री ज्ञवालीको भ्रमण समय अनुकूल नभएको टिप्पणी गरेका छन् । कतिपयले भ्रमण गरे पनि दुईपक्षीय महत्वपूर्ण सम्झौता नगर्न सुझाव दिएका छन् ।

परराष्ट्रमन्त्री भोलि भारत जाँदै

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली माघ १ गते भारत भ्रमणमा जाने भएका छन् । उनी नेपाल–भारत संयुक्त आयोगको छैटौं बैठकमा भाग लिन भारत जान लागेका हुन् ।

पर्यटन व्यवसायी भन्छनः भारतीय पाहुनाका लागि नाका खोलिदिउँ

भारतीय पाहुना नेपाल घुम्न आउन पाउनेगरि नाका खुलाइदिनुपर्ने माग यहाँका व्यवसायीको छ ।

‘खोप कहिले आउने ठेगान छैन’

छिमेकी राष्ट्र भारतमा केही दिनमै कोरोना भाइरसविरुद्धको खोप लगाउने तयारी भइरहेका बेला नेपालमा भने खोप कहिले र कहाँबाट आउने भन्ने यकिन हुन सकेको छैन। भारतका विभिन्न राज्यमा शुक्रबार खोप लगाउने पूर्वाभ्यास गरिएको छ भने विभिन्न भारतीय सहरमा वितरण केन्द्र स्थापना गरिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्