९ आश्विन २०८१ बुधबार
image/svg+xml
राजनीति

त्रिपुराका मुख्यमन्त्रीको अभिव्यक्तिबारे नेपालको आपत्ति

भारतको त्रिपुराका मुख्यमन्त्री विप्लव कुमार देवले नेपालबारे दिएको अभिव्यक्तिको विषयमा नेपालले ध्यानाकर्षण गराएको छ।

देवले नेपाल र श्रीलंकामा भारतीय जनता पार्टी (भाजपा) को सरकार बनाउने योजना गरेको अमित शाहले बताएको अभिव्यक्ति दिएका थिए। देवको उक्त भनाईको विषयमा औपचारिकरुपमा आपत्ति जनाइएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जनाए।

भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यले भारतीय विदेश मन्त्रालयमा उक्त विषयमा औपचारिकरुपमा ध्यानाकर्षण गराएका हुन्।

त्रिपुराका मुख्यमन्त्री देवले शनिबार राजधानी अगरतालामा गृहमन्त्री अमित शाहलाई उदृत गर्दै नेपाल र श्रीलंकामा भाजपाको सरकार विस्तारको योजना रहेको बताएका थिए।  

अमित शाह भाजपाको अध्यक्ष रहेको समयमा यस्तो योजना सुनाएको उनले बताएका थिए।

 

प्रकाशित: ४ फाल्गुन २०७७ १२:०४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App