६ जेष्ठ २०८१ आइतबार
image/svg+xml

टिपताला नाका खुल्ने भएपछि तिब्बततर्फ जान १ सय १० जनाले लिए यात्रा अनुमति

वैशाख २५ गतेबाट खुल्ला हुने उत्तरी क्षेत्रको टिपताला नाका हुुँदै तिब्बत प्रवेशका लागि १ सय १० जना नेपालीहरुले अनुमति लिएका छन्।

लाइसेन्स प्रकरणमा सिआइबी छानबिन : पक्राउ कर्मचारीलाई छाड्न प्रधानमन्त्री कार्यालयबाटै दबाब

नक्कली सवारीचालक अनुमतिपत्र (लाइसेन्स) वितरण प्रकरणमा पक्राउ परेका कर्मचारीहरूलाई छाड्न प्रधानमन्त्री कार्यालयबाटै दबाब दिइएको छ।

‘लाइसेन्स’ प्रकरणमा मुछिएका कर्मचारीलाई तत्काल हटाउन महानिर्देशकको निर्देशन

चालक अनुमति पत्र प्रकरणमा मुछिएका विवादास्पद कर्मचारीलाई हटाउने प्रक्रिया सुरु भएको छ।

नक्कली लाइसेन्स प्रकरण: थप अनुसन्धानमा ‘साँठगाँठ’ बाधक

सवारीचालक अनुमतिपत्र (लाइसेन्स) वितरणमा भएको अनियमिततामा थप अनुसन्धान गर्न प्रधानमन्त्री पुष्पकमल दाहालले दिएको निर्देशनको अवज्ञा भएको छ।

बालसुधार गृहमा कक्षा ८ सम्म पढाउन अनुमति

डुडुवा गाउँपालिका– ६ स्थित जयेन्दु बालसुधार गृहलाई विद्यालयको अनुमति दिन उच्च अदालतबाट परमादेश जारी भएको छ।

‘लाइसेन्स’को लिखित तथा प्रयोगात्मक परीक्षा स्थगन

विशेष कारणवश दुई पाङ्ग्रे, चार पाङ्ग्रे, अटोरिक्सा र ट्र्याक्टरको सवारी चालक अनुमतिपत्रका लिखित तथा प्रयोगात्मक परीक्षासम्बन्धी सम्पूर्ण कार्य स्थगित गरिएको कार्यालय प्रमुख टीकाबहादुर गोदारले जानकारी दिए।

कोरियन भाषा परीक्षा हुँदै

इपिएस कोरिया शाखाले लिने कोरियन भाषा परीक्षा सोमबारबाट सुरु गरेको छ। सोमबारदेखि सुरु भएको कोरियन भाषा परीक्षा सकिन झन्डै एक वर्ष लाग्ने भएको छ।

वनले अनुमति नदिँदा ४६१ मेगावाट विद्युत् उत्पादन प्रभावित

राष्ट्रिय निकुञ्ज तथा विभिन्न संरक्षण क्षेत्रले अध्ययन सहमति नदिँदा ४६१ मेगावाट क्षमताका नौ वटा जलविद्युत् आयोजनाको अनुमतिपत्र नै खारेज हुने अवस्थामा पुगेका छन्।

अझै छापिएनन् लाइसेन्स

झन्डै एक महिनाअघि जर्मनीबाट आएका ६ लाख लाइसेन्स कार्ड (चालक अनुमतिपत्र) अझै छापिएका छैनन्। कार्र्ड छाप्न प्राविधिक समस्या उत्पन्न भएको यातायात व्यवस्था विभाग स्रोतको भनाइ छ।

सिरिया र इराकमा रहेका ईरानी केन्द्रमाथि आक्रमण गर्न अमेरिकाको अनुमति

अमेरिकाले सिरिया र इराकमा रहेका ईरानी केन्द्रहरूमा आक्रमण गर्न अनुमति दिएको छ।

नेपाल–कोरिया सम्बन्ध ५० वर्षमा

रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत दक्षिण कोरियामा काम गरेर फर्केका नेपालीहरूको अनुभवमा आधारित पुस्तक मंगलबार सार्वजनिक भएको छ।

भ्रष्टाचार नियतले २८ हजार लाइसेन्स बिनाविवरण दर्ता

यातायात व्यवस्था विभागले अवैध ढंगले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) जारी गरेको मात्र देखिएको छैन, भविष्यमा कुनै पनि बेला जोकोहीका नाममा जारी हुन सक्ने गरी २८ हजार ४ थान लाइसेन्सको नम्बर मात्र इन्ट्री गरेको पाइएको छ।

मन्त्री नै हल्लाउँछन् कर्मचारी !

यातायात व्यवस्था विभागका केही विवादास्पद कर्मचारी सरुवाका लागि यातायात पूर्वाधार तथा यातायात मन्त्रालयलाई ताकेता गरिए पनि मन्त्री र सचिव दुवै त्यसमा असमर्थ देखिएका छैनन्।

सवारी चालक अनुमतिपत्र छाप्ने अधिकार प्रदेश सरकारलाई दिइने

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सवारी चालक अनुमतिपत्र छाप्ने अधिकार प्रदेश सरकारलाई दिने तयारी भइरहेको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्