७ असार २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

सिरिया र इराकमा रहेका ईरानी केन्द्रमाथि आक्रमण गर्न अमेरिकाको अनुमति

अमेरिकाले सिरिया र इराकमा रहेका ईरानी केन्द्रहरूमा आक्रमण गर्न अनुमति दिएको छ। बीबीसीका अनुसार अमेरिकी सुरक्षा एजेन्सीले सिरिया र इराकमा रहेका ईरानी केन्द्रहरूमा  आक्रमणको लागि अनुमति दिएको हो।

गत आइतवार सिरिया नजिकै जोर्डनमा अमेरिकी सैन्य केन्द्रमाथि ड्रोन आक्रमण हुँदा ३ जना अमेरिकी सैनिक मारिएका थिए र ४० जना घाइते भएका थिए। घटना लगतै अमेरिकाले ईरानविरुद्ध कारबाहीको चेतावनी दिएको थियो। 

उक्त ड्रोन आक्रमणका लागि अमेरिकाले ईरान समर्थित मिलिशिया समूहलाई जिम्मेवार बताएको थियो।

आक्रमणमा मारिएका तिनैजना अमेरिकी सैनिकका शवलाई आज डेलावेयर एयरफोर्समा ल्याइनेछ।

प्रकाशित: १९ माघ २०८० ०७:३८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App