६ आश्विन २०८१ आइतबार
image/svg+xml

सांसद गुरुङद्वारा ४५ करोड विनियोजन

तनहुँ क्षेत्र नं १ ‘क’ को समष्ठीगत विकासका लागि चालु आर्थिक वर्षमा करिब ४५ करोड खर्च हुँदै छ। प्रदेशसभा सदस्य रामबहादुर गुरुङको पहलमा गण्डकी प्रदेशले मोटरेबल पुलका लागि करिब ३२ करोड रुपैयाँ र सडकमार्गका लागि १३ करोड रुपैयाँ गरी कूल ४४ करोड ८४ लाख रुपैयाँ विनियोजन भएको छ।

निर्यात हुने प्रमुख वस्तु भटमासको तेल, निकासी पाँच गुणा बढी

वीरगन्ज भन्सार नाकाबाट चालू आर्थिक वर्ष २०७७/०७८ को पहिलो चार महिनामा अघिल्लो वर्षको यसै अवधिको तुलनामा पाँच गुणा बढी मूल्यको भटमास तेल भारत निकासी भएको देखिएको छ।

सबैभन्दा बढी कर बुझाउनेलाई सम्मान

खोटाङको सालपा विकास बैंकलाई जिल्लाबाट सबैभन्दा बढी कर दाखिला गर्ने करदाताकारुपमा सम्मान गरिएको छ। आर्थिक वर्ष २०७५/०७६ मा खोटाङबाट सबैभन्दा बढी कर दाखिला गरेकामा सालपा विकास बैंकलाई आन्तरिक राजस्व कार्यालय लहानले कदर स्वरुप सम्मान गरेको हो।

नगर भन्दा गाउँपालिकाको वडामा आकर्षक बजेट

चालु आर्थिक वर्ष खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपामा ४० लाखको सिलिङ गएको छ।

गत आवमा १७७२ मेगावाटको उत्पादन अनुमति

हालसम्म दुई सय आठ कम्पनीले सात हजार नौ सय ३१ मेगावाट क्षमताको विद्युत् उत्पादन अनुमतिपत्र लिएका छन्।

चालुमा ८८ र पुँजीगतमा ५० प्रतिशत खर्च

खोटाङमा गत आर्थिक वर्ष संघीय सरकारबाट आएको कुल बजेटमध्ये चालुतर्फ ८८.५८ प्रतिशत खर्च भएको छ । आर्थिक वर्ष २०७६/०७७ मा संघीय सरकार अन्तरगतका ३७ वटा कार्यालय तथा १० स्थानीय तहका लागि संघबाट पठाइएका कुल ५ अर्व ६६ करोड ६ लाख ९१ हजार ५९५ मध्ये ५ अर्व १ करोड ४७ लाख ४१ हजार ५३९ रुपैयाँ खर्च भएको कोष तथा लेखा नियन्त्रकको कार्यालय खोटाङले जनाएको छ ।

एक वर्षमा १४ करोड ७५ लाख कर संकलन

करदाता सेवा कार्यालय खोटाङले अघिल्लो आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष २०७६/०७७ मा करिब ५ करोड बढि कर संकलन गरेको छ ।

गण्डकी प्रदेशको बेरुजु पौने २ अर्ब

गण्डकी प्रदेशमा आर्थिक वर्ष २०७५/७६ मा झण्डै पौने २ अर्ब बेरुजु भएको छ । गण्डकी प्रदेश सरकारका मन्त्रालय तथा मातहतका कार्यालयहरुको १ अर्ब ६४ करोड ४७ लाख ४५ हजार रुपैयाँ बेरुजु देखिएको हो ।

बैतडीमा १ अर्ब ८ करोड बजेट फ्रिज

बैतडीमा आर्थिक वर्ष २०७६/०७७ मा १ अर्ब ८ करोड बढी बजेट फ्रिज भएको छ । संघीय र प्रदेश सरकारको चालुगत र पूँजिगत १ अर्ब, ८ करोड ४६ लाख १६ हजार ८ सय १९ रुपैयाँ फ्रिज गएको कोष तथा लेखा नियन्त्रक कार्यालय बैतडीका प्रमुख सिद्धराज ओझाले जानकारी दिए ।

कर्णालीको बजेट खर्च १६ अर्ब

कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७६/७७ मा १६ अर्ब ३६ करोड रुपैयाँँ बजेट खर्च गरेको छ । ३४ अर्ब ३५ करोड रुपैयाँ बजेट ल्याएको प्रदेश सरकारले अघिल्ला आर्थिक वर्षझैं गत वर्ष पनि लक्ष्य अनुसार खर्च गर्न सकेन ।

चालु बजेटमा मनपरी खर्च, असारमा मात्र एक खर्ब १६ अर्ब

आर्थिक वर्ष २०७६/७७ को अन्तिम महिना असारमा मात्रै चालु बजेटको एक खर्ब १६ अर्ब रुपैयाँ खर्च भएको छ। अघिल्ला महिनामा भएको खर्चसँग तुलना गर्दा असारको खर्च अस्वाभाविक र मनपरी रुपमा गरेको देखिन्छ।

झन्डै एक महिनापछि प्रदेश २ को बजेट पारित

प्रदेश २ सरकारले आगामी आर्थिक वर्ष ०७७÷७८ का लागि ल्याएको बजेट बहुमतले पारित भएको छ। आइतबार बसेको प्रदेश सभामा बैठकमा सर्वसम्मत हुन नसकेपछि मत विभाजन गर्दा बहुमतले बजेट पारित भएको हो।

चालू आर्थिक वर्षमा बाढीपहिरोमा परी १९ जनाको मृत्यु

कर्णालीमा बाढी, पहिरो र हिमपहिरोमा परी १९ जनाको मृत्यु भएको छ भने ३२ जना घाइते भएका छन् ।

जिल्लालाई प्रदेशबाट ७९ करोडको योजना

चालु आर्थिक वर्ष १ नम्बर प्रदेश सरकारबाट खोटाङका लागि ७९ करोडभन्दा बढि बजेटको योजना परेको छ। आर्थिक वर्ष २०७७/०७८ का लागि खोटाङ निर्वाचन क्षेत्र नम्बर १ र निर्वाचन क्षेत्र नम्बर १ मा गरी ७९ करोड ६४ लाखभन्दा बढि बजेट विनियोजन भएको हो। सडक निर्माण, सडक स्तरोन्नती, पुल, झोलुंगे पुल, सिँचाई, खानेपानी, लिफ्टिङ, खेलमैदान, सामुदायीक भवन, पर्यटन पुर्वाधार निर्माण लगायतका योजनाका लागि खोटाङ निर्वाचन क्षेत्र नम्बर १ मा १०७ वटा योजनाका लागि ४० करोड ६४ लाख बजेट प्राप्त भएको प्रदेशसभा सांसद राजन राईले बताए।

वीरगन्ज महानगरको बजेट तीन अर्ब साढे ८६ करोड

मुलुककै ब्यपारीक नगरी तथा प्रदश २ को एकमात्र महानगरपालिका वीरगन्जले आगामी आर्थिक वर्ष ०७७/७८ का लागि तीन अर्ब ८६ करोड ५१ लाख रुपैयाँको बजेट ल्याएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्