१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

जिल्लालाई प्रदेशबाट ७९ करोडको योजना

चालु आर्थिक वर्ष १ नम्बर प्रदेश सरकारबाट खोटाङका लागि ७९ करोडभन्दा बढि बजेटको योजना परेको छ। आर्थिक वर्ष २०७७/०७८ का लागि खोटाङ निर्वाचन क्षेत्र नम्बर १ र निर्वाचन क्षेत्र नम्बर १ मा गरी ७९ करोड ६४ लाखभन्दा बढि बजेट विनियोजन भएको हो। सडक निर्माण, सडक स्तरोन्नती, पुल, झोलुंगे पुल, सिँचाई, खानेपानी, लिफ्टिङ, खेलमैदान, सामुदायीक भवन, पर्यटन पुर्वाधार निर्माण लगायतका योजनाका लागि खोटाङ निर्वाचन क्षेत्र नम्बर १ मा १०७ वटा योजनाका लागि ४० करोड ६४ लाख बजेट प्राप्त भएको प्रदेशसभा सांसद राजन राईले बताए।  

यस्तै, निर्वाचन क्षेत्र नम्बर १ मा प्रदेश सरकारबाट ३९ करोडको हाराहारीमा बजेट प्राप्त भएको छ। निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित प्रदेशसभा सांसद रामकुमार राईले १० लाखभन्दा बढि बजेट विनियोजन भएका ७८ वटा योजनाको सूची सार्वजनिक गरेका छन्। निर्वाचन क्षेत्र नम्बर १ मा १० लाखभन्दा कम बजेटका अन्य दर्जनौं योजना रहेको प्रदेशसभा सांसद राईले बताए।  

निर्वाचन क्षेत्र नम्बर १ मा डिकुवा–नर्सरी–निबुवाटार सडकका लागि एक करोड ५० लाख, ऐसेलुखर्क–दोब्सु–देसारे–ज्यामिरे–रावाखोला सडक स्तरोन्नतिका लागि एक करोड १० लाख, बाक्सिला–सत्यश्वर–कावेल–जाल्पा सडक स्तरोन्नतिका लागि एक करोड १० लाख, दिक्तेल–जाल्पा–ऐसेलुखर्क सडकका लागि सात करोड, तापखोला सडक पुल राडी–खार्मीका लागि दुई करोड, डिकुवा–वाइटार झोलुंगे पुलका लागि २५ लाख बजेट विनियोजन भएको छ। 

यस्तै, रावाखोला–झेलुंगेपुल ऐसेलुखर्क–केपिलासगढी गाउँपालिकाका लागि २५ लाख, राजापानी–धितुङ हलेसी सडकका लागि एक करोड, लिदिङखोला मोटरेवल पुल बादेल–पातेल खण्डका लागि एक करोड, बाक्सिला बजार स्तरोन्नतिका लागि ५० लाख, विजुले–लेखर्क–दुवेकोल सडक स्तरोन्नतिका लागि ५० लाख, कुभिण्डे–जौबारी–नुनथला सडक स्तरोन्नतिका लागि ५० लाख, हलेसी भैरवथान पर्यटन पूर्वाधार निर्माणका लागि ६० लाख लगायतका बजेट बिनियोजन भएको छ।  

निर्वाचन क्षेत्र नम्बर १ मा धाप्लाङ–धर्तुङ–बराहापोखरी सडक (मुख्यमन्त्री ग्रामिण सडक)का लागि एक करोड १० लाख, एयरपोर्ट–सावाखोला–जन्तेढुंगा सडक (मुख्यमन्त्री ग्रामिण सडक)का लागि एक करोड १० लाख, मखुवाखोला पक्कीपुलका लागि दुई करोड, साप्सुखोला पक्की पुलका लागि दुई करोड, बुवाखोला पक्की पुलका लागि एक करोड, रसुवा–सिम्पानी–मुलडाँडा र पाँचधारे सडकका लागि आठ करोड बजेट बिनियोजन भएको छ। 

यस्तै, लंवुवाखोला झोलुङ्गे पुल बराहापोखरीका लागि २५ लाख, मौवाबोटे वाटुङ्गखोला झोलुङ्गे पुलका लागि २५ लाख, जन्तेढुंगा सभाहल निर्माणका लागि १० लाख, खोटाङबजार ढल सडक विस्तारका लागि दुई करोड ४५ लाख, च्याह्याङला गुम्बा मात्तिमका लागि १० लाख, सामुदायिक भवन रतन्छाका लागि एक करोड २५ लाख लगायतका योजना परेको प्रदेश सरकारले जनाएको छ।  

प्रकाशित: १३ असार २०७७ ०९:३४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App