१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

सबैभन्दा बढी कर बुझाउनेलाई सम्मान

सबैभन्दा बढी कर दाखिला गर्ने सालपा विकास बैंकलाई सम्मानपत्र प्रदान गर्दै प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेल । तस्बिर : दमन राई/नागरिक

खोटाङको सालपा विकास बैंकलाई जिल्लाबाट सबैभन्दा बढी कर दाखिला गर्ने करदाताकारुपमा सम्मान गरिएको छ। आर्थिक वर्ष २०७५/०७६ मा खोटाङबाट सबैभन्दा बढी कर दाखिला गरेकामा सालपा विकास बैंकलाई आन्तरिक राजस्व कार्यालय लहानले कदर स्वरुप सम्मान गरेको हो। ‘स्वच्छ, पारदर्शी र प्रविधिमैत्री कर प्रशासन : विकास, संवृद्धि र सुशासन’ भन्ने नारासहित करदाता सेवा कार्यालय खोटाङले आयोजना गरेको ९ औं राष्ट्रिय कर दिवस समापन कार्यक्रमको अवसरमा सालपा विकास बैंकलाई सम्मान गरिएको हो।  

करदाता सेवा कार्यालयको कार्यालयमा आइतबार आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले सालपा विकास बैंकका विभागीय प्रमुख दिपकर राईलाई सम्मान–पत्र प्रदान गरेका छन्। विगतका वर्ष विभिन्न कार्यक्रम गर्दै कर सप्ताह मनाउने गरिएकामा यस वर्ष कोभिड–१९ को महामारीका कारण धुमधामका साथ कार्यक्रम गर्न नसकिएको करदाता सेवा कार्यालय खोटाङका कर अधिकृत गोपाल राईले बताए। कोरोना महामारीका कारण यसपल्ट सञ्चार माध्यमबाट सूचना तथा शुभकामना सम्प्रेषण, फोनमार्फत सरोकारवालासँग अन्तरक्रीया मात्र गरिएको करदाता सेवा कार्यालयले जनाएको छ।  

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी पौडेलले ‘करलाई रहर’ बनाउने अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिएका छन्। पौडेलले सबैभन्दा बढी कर तिर्नेलाई भन्दा पनि आफ्नो आयव्याय विवरण नलुकाई पारदर्शीढंगले ट्याक्स तिर्ने करदातालाई समेत प्रोत्साहन गर्नुपर्ने बताएका छन्। कार्यक्रममा उद्योग बाणिज्य संघका अध्यक्ष उपिनकुमार राई, नेपाल अडिटर्स एसोसियसनका जिल्ला अध्यक्ष डोरनाथ आचार्य, सालपा विकास बैंकका विभागीय प्रमुख राई लगायतले शुभकामना दिएका थिए।  

दिक्तेलमा २०७५ साल चैत २८ गतेदेखि करदाता सेवा कार्यालयले सेवा सुरु गरेको हो। जिल्लामै करदाता सेवा कार्यालय स्थापना भएपछि कर चुक्ताका लागि प्रदेश नम्बर १ बाट प्रदेश नम्बर २ को लहान पुग्नुपर्ने बाध्यता हटेको छ। कार्यालयले स्थायी लेखा नम्बर दर्ता, कर चुक्ता प्रमाणपत्र वितरण, मूल्य अभिबृद्धि कर दर्ता, अन्तशुल्क इजाजत तथा नविकरण, कर संकलन, करदाताको विवरण संशोधन लगायतका सेवा प्रवाह गर्दै आएको छ।

प्रकाशित: ७ मंसिर २०७७ ०७:३७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App